शेयर गर्नुहाेस्ः
aahale

इलाम, २६ माघ – इलामको देउमाइ नगरपालिका वडा नं. २ पुङ्फुङ आहाले खेल मैदानमा दोस्रो आहाले गोल्ड कप २०८१ को भव्य समापन भएको छ। माघ १६ गतेबाट सुरु भएको प्रतियोगिता शनिबार सम्पन्न भएको हो।

समापन कार्यक्रमका प्रमुख अतिथि जिल्ला फुटबल संघ इलामका अध्यक्ष विक्रम श्रेष्ठ थिए भने विशिष्ट अतिथिमा देउमाइ नगरपालिका वडा नं. २ का वडा अध्यक्ष नर बहादुर मगर, माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य राम राई, वाईसिएल देउमाइ इन्चार्ज दिवन राई लगायत अन्य अतिथिहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन अशोक प्रधानले गरेका थिए।

फाइनल खेलमा पिपल बोटे युवा क्लबलाई ट्राइबेकरमा पराजित गर्दै नामसेङ ११ ले उपाधि जितेको हो। उपविजेता बनेको पिपल बोटे युवा क्लबले पनि उत्कृष्ट प्रदर्शन गरेको थियो। प्रतियोगितामा कुल २४ टिमको सहभागिता रहेको थियो।

team 1

विजेता टिमले रु २५,००० नगद, मेडल र ट्रफी हात पारेको छ भने उपविजेताले रु १३,००० नगद, मेडल र ट्रफी प्राप्त गरेको छ। उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिएको थियो।

team 2

प्रतियोगिताको समापन समारोहमा बोल्दै प्रमुख अतिथि श्रेष्ठले खेलकुदको विकासका लागि यस्ता प्रतियोगिताहरुको महत्वपूर्ण भूमिका रहने बताए। उनले आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए। वडा अध्यक्ष मगरले वडामा खेलकुदको विकासका लागि नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

refre

आहाले गोल्ड कपले स्थानीय स्तरमा फुटबल खेलको विकासमा टेवा पुर्‍याएको छ। यसले युवा खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउने अवसर प्रदान गर्नुका साथै खेलकुदप्रति रुचि राख्नेहरुलाई उत्साहित बनाएको छ।

शेयर गर्नुहाेस्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *