भोजपुर, पौवादुङमा – मौलिक लोक संस्कृतिको संरक्षण र नयाँ प्रतिभाहरूको खोजी गर्ने उद्देश्यले पौवादुङमामा कोशी प्रदेश स्तरीय प्रथम पौवादुङमा खुल्ला लोकगीत प्रतियोगिता २०८१ आयोजना हुने भएको छ। चाम्ताङ सांस्कृतिक परिवार, पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे, भोजपुरको आयोजनामा हुने यो प्रतियोगिता पौवादुङमा गोल्डकप तथा माघी मेलाको अवसरमा आयोजना गरिएको हो।
प्रतियोगिता २०८१ साल माघ ८ गते बिहान ११ बजेदेखि पौवादुङमा रङ्गशाला, पौवादुङमा गाउँपालिका-३, च्याङ्ग्रे, भाेजपुरमा हुनेछ। प्रतियोगितामा कोशी प्रदेशभरिका कलाकार तथा संगीत प्रेमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ।
पुरस्कार राशि:
प्रतियोगिताका विजेताहरूलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ।
प्रथम पुरस्कार: नगद रु. २०,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र
द्वितीय पुरस्कार: नगद रु. १५,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र
तृतीय पुरस्कार: नगद रु. १०,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र
सान्त्वना पुरस्कार (दुई जनालाई): नगद रु. ३,०००/- साथमा मेडल र प्रमाणपत्र
उत्कृष्ट सङ्कलक: नगद रु. ५,०००/- साथमा ट्रफी, मेडल र प्रमाणपत्र
विशेष कुरा के छ भने, प्रथम, द्वितीय, तृतीय र उत्कृष्ट संकलकको एक-एक गीत रेकर्डिङ गरिनेछ। साथै, प्रतियोगितामा सहभागी सबैलाई मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताका नियमहरू:
- लोकगीत आफ्नै सिर्जना तथा मौलिक हुनुपर्नेछ।
- गीत एकल वा दुई जनाले मात्र गाउन पाइनेछ।
- गीत गाउनको लागि पाँच मिनेटको समय दिइनेछ।
- सहभागीमध्ये पहिलो चरणमा सफल भएका सिर्जनाहरूलाई मात्र मुख्य कार्यक्रममा समावेश गरिनेछ।
दर्ता प्रक्रिया: प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक कलाकारहरूले २०८१ साल १० महिना ५ गते दिउँसो ४ बजेसम्म आफ्नो नाम दर्ता गराउनुपर्नेछ।
आयोजक तथा प्रायोजक:
प्रतियोगिताको प्रायोजक पौवादुङमा गाउँपालिका रहेको छ भने आयोजक चाम्ताङ सांस्कृतिक परिवार हो।
थप जानकारीका लागि:
छनोट कार्यक्रम तथा अन्य जानकारीको लागि निम्न व्यक्तिहरुसँग सम्पर्क गर्न सकिनेछ:
अध्यक्ष: रामदरलामी मगर – ९८०७३०८६२८
सचिव: मिनबहादुर मगर – ९८०७३५७२६९
कोषाध्यक्ष: अम्बर मगर – ९८२४३३४३०७
सहभागीहरुले सहभागिताको लागि आफ्ना सिर्जनाहरु सबल मगर ९८२५३६९५४३ मा सम्पर्क गरि पठाउन सक्नुहुनेछ ।
यो प्रतियोगिताले नेपाली लोक संगीतको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ।