इलाम। देउमाई नगरपालिकाले सेवा प्रदान गर्दा धेरै दस्तुर लिएको भन्दै स्थानियहरूले स्थानिय सरकार देउमाई नगरपालिकाको चर्को आलोचना गरि रहेका छन् । 

भाद्र २७ गते बिहिबार नगरपालिकाले जारी गरेको सुचना सामाजिक सञ्जालमा सर्वजनिक भएपछि स्थानियहरूले व्यापक रुपमा नगरपललिकाको खेद ब्यक्त गर्दै अलोचना गर्न सुरु गरेका हुन् । सुचनामा उल्लेखे भए अनुसार देउमाई नगरपालिका वडा नं. ३ अन्तर्गत पैरेभञ्ज्याङ्ग, सान्तिडाडा आसपास क्षेत्रका स्थानियले उपभोग गर्दै  आएको पाइपलाइन नयाँ ट्याङ्कीमा समाबेस गरि नयाँ पाइनबाट खानेपानी बितरण गरिने हुँदा आ- आफ्नो धाराहरू सुनिश्चित गर्न लाग्ने दस्तुर धेरै भएको भन्दै स्थानीयहरूले खेद ब्याक्त गरेका हुन् ।

प्रकासित सुचना अनुसार नगरपालिकाले पुरानो उपभोक्तहरूका हकमा अक्षरेपी रकम रू. आठ हजार पाच सय (८,५००|-)  र नयाँ उपभोक्तहरूको हकमा अक्षरेपी रकम रू. सोह्र हजार पाच सय (१६,५००|-)  रुपैयाँ दस्तुत लाग्ने बताइएको छ ।  

वास्तबमा किन यति धेरै रकम दस्तुर लागेको हो ?  नगरपालिकाले वडा २ को योजना कार्यक्रम हरूमापनि यसरी नै स्थानिय जनताहरूबाट महङ्गो दरमा दस्तुर असुल गरेको कुरा स्रोतहरूबाट जुटेको छ । 

ब्यबस्थाले जनतालाई दिएको अनुदानपनि अब सरकार सँग आखिर किन किन्नु परेको हो ?  ठिक छ ! किन्नु नै परेको हो भनेपनि के? कति ?कतिमा? किन्नु परेको हो सबै उल्लेख गरेको भरपाई बिल कहाँ छ ?  यदि भरपाई बिल नगरपालिकामा छ भनेपनी दस्तुर बुझाउने जनताहरूसँग किन छैन ? स्थानिय सरकारले यो, यति, यतिमा किनिएको हो भनेर बकैदा छापा हानेको भरपाई बिल किन जनतालाई हात हातमा थमाई दिन सकेन ? के देउमाई नगरपालिकालाई यति चरम लापरबाही गर्ने छुट छ ? कि देउमाई नगरपालिकाले जनतालाई लुट्दै छ ? 

वास्तविक सत्यतथ्य जनताले बुझ्न पाउनु पर्छ ।  सर्वहारा जनतालाई साहाराको खाँचो छ । जनताको अविभाबक सरकरबाट  जनताले अलिकती पनि असजिलो महसुस गर्नु हुँदैन  ।

 सिन्डिकेटहरूका कारण देशमा आर्थिक संकट तिब्र बढी रहेको बेला दस्तुर र करको अनेक बहानामा स्थानीय जनताहरूलाई दिन प्रतिदिन नितिगत तरिकाले लुटपाट हुनुबाट जोगाउनु पर्छ  ।  खानेपानी धारा सुनिश्चित गरेको दस्तुर नै यती महङ्गो भै रहदा देउमाई नगरपालिकामा ब्यपारीहरूको हाबी बढेको हो, भन्ने जनताले महसुस् गर्नु नपरोस्  ।  सरकार र जनता बिचको सम्बन्ध सुमधुर र पारदर्शी होस् । 

जागृति खबर 

Bhim Sen Limbu, Ilam

Leave a comment

Your email address will not be published. Required fields are marked *