झापा । झापा बिर्तामोड महानन्द चोकमा शुक्रबार साँझ  इलाम फिक्कलकी अन्दाजी १९ वर्षकी युवती मनिषा लोहार माथी कैलाली जिल्ला स्थाई ठेगाना भएका अन्दाजी २० बर्षका युवक अनिल  बिकले छुरा प्रहार गर्दा युवती मनिषा लोहारको मृत्यु भएको छ  ।  

घटनामा गम्भीर घाइते भएकी युवती मनिषा लोहारको बि एन्ड सि अस्पतालमा उपचारको क्रममा शुक्रबार साँझ सात बजे मृत्यु भएको हो। अनिल बिकले युवती मनिषा लोहारको घाँटी, छाती र कोखमा छुरा प्रहार गरेका थियो ।

  युवक बिकले  युवती मनिषा लोहारलाई समातेर लगतार छुरा प्रहार गरेका थिए । घटनाको स्थानिहरूले प्रतिकार गर्दा बिक भगेको कुरा खुलासा भएको छ । 

उक्त युवक अनिल बिकलाई अर्जुनधारा ६ का स्थानीय हरूले  समाउन सफल भएका थिए । त्यस पछि स्थानियहरूले प्रहरिलाई बोलाएर युवक बिकलाई प्रहरिको जिम्मा लगाएका थिए । छुरा प्रहार गर्ने युवक अनिल बिक पनि अहिले घाइते छन् ।  

युवक बिकलाई उपचारका लागि बिर्तासिटि अस्पतामा भर्ना गरिएको छ । छुरा प्रहार गर्ने बिकलाई स्थानिय हरूले प्रतिकार गर्दा युवक अनिल बिक घाइते भएका हुन् । 

घटनाको अनुसन्धान भै रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डि एस पि प्रकाश बिष्टले बताएका छन । प्राहरीको अनुसन्धानमा युवती मनिषा लोहार र युवक  अनिल बिक प्रेमी प्रेमिका रहेको खुलेको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *