pahiro

डोटी जिल्लाको बड्डीकेदार गाउँपालिका–४ टिमुटेका ४५ वर्षीय तुलाराम जेठारा र उनकी श्रीमती ४० वर्षीया भागरथी जेठारा घाइते भएका छन् । अविरल वर्षाका कारण घरमाथि खसेको पहिरोमा पुरिएर  जेठारा दम्पती घाइते भएका हुन। सुतिरहेका बेला खसेको पहिरोले पुरेपछी दुवै जना घाइते भएको प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी भीमलाल भट्टराईले बताएका छन् ।  भट्टराईका अनुसार श्रीमानको अवस्था सामान्य छ भने श्रीमतीको अवस्था गम्भीर छ।

दुई दिन देखि लगातार परिरहेको झरीका कारण खोलाले बगाउँदा डोटीमा एक बालिका  पनि बेपत्ता भएकी छिन् । बजारमा दूध पुर्‍याउन जाने क्रममा खोलाले बगाउँदा के.आई.सिंह गाउँपालिका–४ कार्की गाउँ बस्ने माहामती चन्दकी ८ वर्षिया छोरी निर्मला चन्द बेपत्ता भएकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरबाट वायल बजारमा दूध पुर्‍याउन जाने क्रममा आज बिहान ७ः४५ बजेको समय आसपास गन्ने खोलाले बगाउँदा बालिका बेपत्ता भएकी हुन् ।प्रहरी नायव निरीक्षक कुलविर बोहराको कमान्डमा रहेको प्रहरी टोलीले बेपत्ता बालिकाको खोजीकार्य गरिरको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमलाल भट्टराईले जानकारी दिनुभएको छ । वर्षा भने अझै राकिएको छैन ।

Leave a comment

Your email address will not be published. Required fields are marked *