ताप्लेजुङ । २०८१-५-२६ गते मुकुम्लुङ संरक्षण संघर्ष समिति र पाथिभरा केबुलकार खारेज संघर्ष समितिको संयुक्त आयोजनामा ताप्लेजुङको सदरमुकाम फुङलिनमा केबुलकार आकृति निर्माण गरी जलाएर प्रदशन गरेको छ।

लामो समय यता पाथीभरामा संयुक्त बनाइन नहुने, पाथीभराको नाम मुक्कुमलुङ राखिनुपर्ने र यहाँका आदिवासीहरुको हक अधिकार एवं मुन्धुमी संस्कृतिको संरक्षण गरिनुपर्ने मागसहित आदिवासी अभियन्ताहरुले संघर्ष समिति नै बनाएर लामो समय यताआन्दोलन गर्दै आइरहेका छन् ।

प्रदर्शनकारीहरुले केबुलकार खारेज गर, मुकुमलुङ हाम्रो चोलुङ हो भन्ने नाराका साथ फुङ्लिङ बजार परिक्रमा गरेकोथियो ।

आन्दोलनमा आदिवासी कलाकरहरुले एक्यवद्धता जनाउन पाथिभरा क्षेत्रको भ्रमण गरेको थियो । पाथिभरा नामले चिनिने मुकुमलुङ क्षेत्र आदिवासी संस्कृति र इतिहासको धरोहर रहेको बताएका थिए र भर्मण पछि बिरोध र्‍यालीमा सहभागी भै चित्रहरु प्रदसन गरेका थिए ।

– राजकुमार लिम्बु, इलाम ।

Leave a comment

Your email address will not be published. Required fields are marked *