इटहरी । गायिका अन्जु गौतम, प्रजाला थापा र गायक सम्सेर लिम्बुको स्वरमा नयाँ गीत ‘तंखुवा टेलिया, खोली धोभान’ Purbanchal Music युटुब च्यानलबाट रिलिज भएको छ । खगेन्द्र अनुपमको संगीतमा तयार भएको यो गीतमा गंगा गौतम आचार्यको शब्द छ । गीतमा प्रेम गर्नका लागी केटाले प्रस्ताब गर्ने र केटीले अस्विकार गर्ने जस्ता विभन्न रोमान्टिक शब्दहरूलाई आकर्षक रुपमा समेटिएको छ । उक्त गीत पुर्वान्चल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरीएको हो भने एरेन्ज, रेकर्ड, मिक्स, मास्टर रुद्र श्रेष्ठले गरेका हुन् ।

यो गीतको भिडियोलाई सागर हेयोञ्जले छायाँकन तथा सम्पादन गरेका हुन् ।

‘तंखुवा टेलिया, खोली धोभान ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

Leave a comment

Your email address will not be published. Required fields are marked *