उदयपुरको विभिन्न क्षेत्रमा प्रवेश गरेको २४ वटा हात्तीको बथानले स्थानीयवासीलाई आतङ्कित बनाएको छ। पश्चिमी क्षेत्र हुँदै सदरमुकाम त्रियुगा नगरपालिका-५ सम्म पुगेको हात्तीको समूहले पूर्वतर्फ जाँदै गर्दा अन्नबाली र घरजग्गामा ठूलो क्षति पुर्याएको छ।
हात्तीले पल्लो श्रीपुरका भीमबहादुर बस्नेतको पक्की घरसँगै जोडिएको भान्सा घर भत्काउनुका साथै भित्र भण्डारण गरिएका ६ मुरी धान खाएर नष्ट पारेका छन्। यसले गाउँलेहरूमा डर र त्रास फैलाएको छ।
स्थानीय सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दीपक बान्तवा राईका अनुसार हात्तीको बथान पश्चिम कटारीबाट यात्रा गर्दै आएको हो। यसै क्रममा अन्नपात नष्ट गर्दै घरजग्गामा क्षति पुर्याउँदै गएको छ।
याे पनि पढ्नुहाेस्ः तुलसी: जाडो, खोकी र पाचनसम्बन्धी समस्याको आयुर्वेदिक समाधान
आक्रामक हात्तीबाट हुने क्षति रोक्न र स्थानीयको सुरक्षाका लागि सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने आवाज उठेको छ।