शेयर गर्नुहाेस्ः
465693819 917544167140752 9185492119407601227 n

लिम्बू कथानक चलचित्र ‘चे’ले सर्वोकृष्ट चलचित्र अवार्ड प्राप्त गर्न सफल भएको छ । उक्त चलचित्र ‘चे’बाट सर्वोकृष्ट नायिका अवार्ड बिमला खजुमले पाएकिछिन् ।

२०८१ मंसिर १८ गतेका दिन धरानमा सम्पन्न भएको याक्थुङ चलचित्रकर्मी संघद्वारा आयोजित याक्थुङ् सिने अवार्ड २०८१ मा लिम्बु चलचित्र “चे” ले उक्त सर्वोत्कृष्ट चलचित्र अवार्ड प्राप्त प्रदान गरिएको हो। अवार्ड प्राप्त पछि निर्देशक सागर केरुङ खुसी ब्यक्त गर्दै लेख्छ्न – ” चे चलचित्र यहाँ ल्याइपुर्याउन सहयोग गर्नुहुने सबैसबैमा नोगेन ! जुरि टिमलाई हार्दिक धन्यवाद ! आयोजक याक्थुङ चलचित्रकर्मी संघ परिवारलाई लुङमेन्दिङ नोगेन व्यक्त गर्दछु । सागर केरुङ एवम् चलचित्र ‘चे’ परिवार । ”

उक्त अवार्डमा निर्णायकहरु लेखक, निर्देशक उपेन्द्र सुब्बा ,लिम्बु भाषाविद, कलाकार याशेली योङ्हाङ र निर्देशक, कलाकार सागर केरुङ थिए। सर्वोकृष्ट चलचित्र अवार्डका लागि हाङ्नन्द, युक्पुङ, माङ्गेना, सुगुप,चे, सिक्कुम, लोजिमा, इत्छिङ, खोक्पा, येक्पा आदि चलचित्रहरु प्रतिष्पर्धामा थिए ।

award
शेयर गर्नुहाेस्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *