शेयर गर्नुहाेस्ः
yemale neta pakrau

औराबनी, मंसिर १४ गते: सुनसरीको गढी गाउँपालिका-६ मा आइतबार हुने वडा अध्यक्षको उपनिर्वाचनमा एमालेका एक वडा अध्यक्ष पैसा बाँड्दै गर्दा स्थानीयले पक्राउ गरी प्रहरीलाई बुझाएका छन्।

मौन अवधिमा रातिराति पैसा बाँड्दै हिँडेको भन्दै स्थानीयले उनलाई लखेटेका हुन्। स्थानीयका अनुसार उनी भवानीपुर क्षेत्रमा पैसा बाँड्दै मत मागिरहेका थिए। स्थानीयले उनको मोटरसाइकलसमेत नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन्।

motercycle

यस घटनाले चुनावको मर्यादामाथि प्रश्न उठेको छ। निर्वाचन आयोगले यस घटनाको गम्भीर रूपमा अनुसन्धान गर्नुपर्ने माग स्थानीयले गरेका छन्।

शेयर गर्नुहाेस्ः

Leave a comment

Your email address will not be published. Required fields are marked *