सुन्दरहरैँचा / मोरङको सुन्दरहरैँचा नगरपालिका विराटचाेकमा रहेकाे इन्द्रपुर जेसीसकाे सभाहलमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) सुन्दरहरैचा नगर कमिटिकाे आयाेजनामा साेमबार तेस्राे प्याब्सन नगर अधिबेसन सम्पन्न भएकाे छ । भिडियो हेर्न यहाँ मुनि थिच्नुहोस् ।
कार्यक्रममा प्याब्सन सुन्दरहरैँचा नगर कमिटिका अधक्ष्य दिपेन राइकाे अधक्ष्यतामा भएकाे थियाे । कार्यक्रमका प्रमुख अतिथी सुन्दरहरैँचा नगर प्रमुख केदार प्रसाद गुराँगाइ रहेका थिए भने कार्यक्रममा प्याब्सनका केन्द्रिय सचिव हेमन्त कार्की, प्याब्सन काेशी प्रदेश अधक्ष्य टिकाराम ढकाल, उपाध्क्ष अर्जुन बस्नेत, सल्लाकार हरीश् चंद्र ढकाल, सुकुना बहुमुखी क्यामपसका अधक्ष्य केशव अधिकारी, नेल्टा काेशी प्रदेश महासचीव रबिन्द्र बराल लगायत विभिन्न संग संस्था प्रतिनीधीहरु, नागरीक समाजकाे उपस्थित रहेकाे थियाे ।
कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई स्वागत भाषणद्वारा स्वागत सम्बाेधन उपाध्यक्ष दिपक के.सीले गरेका थिए । स्वागत नृत्य पनि सुबिजीमुर मेमाेरीयल सेकेन्डरी स्कुलका कलाकार भाइबहीनीहरुले प्रर्दशन गरेका थिए । कार्यक्रमकाे संचालन प्याब्सन सचिव टिका पराजुलीले गरेका थिए ।
कार्यक्रमा तेस्राे अधिबेसन तथा प्याब्सनकाे विषयलाईलीएर अध्क्षय दिपेन राईले कार्यक्रममा बाेलेका थिए ।
कार्यक्रममा कलाकार विध्यार्थी भाईबहिनीहरूले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई भब्य रमाइलो प्रदान गरेका थिए । कार्यक्रममा सम्मान कार्यक्रम पनि भएकाे थियाे । २०८०मा एस्इइ परीक्षामा सामेल भइ उत्कृष्ट नतिजाल्याउने बिभिन्न निजी विध्यालयका विध्यार्थीहरु सुबिजीमुर मेमाेरीयल सेकेन्डरी स्कुलका विध्यार्थी ओम प्रकाश पराजुली, सिदार्थ सेकेन्डरी स्कुलका विध्यार्थीहरु, त्रिसीत लम्साल, सरीका राई, ययस्वि श्रेष्ठ, प्रिय कुमारी गुप्तालाई फुलमाला, अबिर टिका लगाई दाेसल्ला ओडाएर प्रमाण पत्र र नगद दिएर सम्मान गरीएकाे थियाे ।
कार्यक्रममा जेष्ठ शिक्षक रुकमणी सुनदास, सुबिजीमुर मेमाेरीयल सेकेन्डरी स्कुलका र निजी तथा आवासिय विध्यालय मध्ये जेष्ठ विद्यालय ब्राइट फ्यूचर सेकेन्डरी स्कुल सलकपुर, राष्ट्रिय स्तरीय लाेकनृत्य प्रतियाेगीता २०८०मा नगर, जिल्ला, प्रदेशमा प्रथम भइ राष्ट्रिय स्तरमा दाेस्राे पुरस्कार बिजेता सुबिजीमुर मेमाेरीयल सेकेन्डरी स्कुलका कलाकार विध्यार्थी भाईबहिनीहरुलाई टिका, अबिर, फुलमाला लगाई दाेसल्ला ओडाएर नगत सहित प्रमाणपत्र दिएर सम्मान गरीएकाे थियाे ।
कार्यक्रमा निरन्तर २०६२ सालदेखि पत्रकारीतामा समिलीत भई आज सम्म पनि हाम्राेमत राष्ट्रिय दैनिक, पुर्वी हटलाइन राष्ट्रिय दैनिक, रेडियाे सारङ्गी र जागृती खबरमा कार्यरत टिकाराम बि.कलाई कार्यक्रममा टिका, अबिर, फुलमाला लगाई दाेसल्ला ओडाएर नगत सहित प्रमाण पत्र दिएर सम्मान गरीएकाे थियाे ।
कार्यक्रममा तेस्राे नगर अधिबेसनले पुराे कमिटीलाई बदाई गर्दै नयाँ कमिटी सर्वसम्मत नेतृत्व चइन गरेकाे छ ।
अधक्ष्य – दिपक क्षेत्री, उपाधक्ष्य – टिकाराम पराजुली, सचिव – सुर्य दङ्गाल, काेषाधक्ष्य – नर्वादा क्षेत्री, सदस्य – जिवन बस्नेत, सदस्य – तेजराज पाैडेलकाे नयाँ कमिटी चैन गरीएकाे कार्यक्रम संचालक टिका पराजुलीले बताएका छन् ।
कार्यक्रममा प्रमुख अतिथी, विशिष्ट अतिथी र अतिथीहरुले तेस्राे नगर अधिबेसन पुर्ण सफल्ताकाे कामना गर्दै नयाँ चैन भएका नेतृत्वहरुलाई कार्यकालकाे उतराेउतर प्रगतीकाे कामनाका साथ शुभकामना दिएका थिए । अतिथीहरुलाई मायाकाे चिनाे पनि दिएकाे थियाे ।