इलाम देउमाई नगपालिका – १ चमैता खम्बु डाडामा “परिवर्तनका लागि साझा साहित्यिक आवाज” कार्यक्रम कार्तिक ११ गते आइतबार सम्पन्न भएको छ । “परिवर्तनका लागि आवाज” संस्थाको आयोजनामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । विगत केही बर्षदेखि उक्त संस्थाले “परिवर्तनका लागि साझा साहित्यिक आवाज” कार्यक्रम आयोजना गर्दै आएको छ । देउमाई नगलपालिकाको नगर कार्यलयमा दर्ता गरिएको “परिवर्तनका लागि आवाज” संस्थाले नगरपालिका भित्रका विभिन्न ठाउँहरू उक्त कार्यक्रम आयोजना गर्दै आएको छ ।

आइतबार समम्पन्न गरिएको “परिवर्तनका लागि साझा साहित्यिक आवाज” कार्यक्रम चौंथो संस्करण हो । विगतका बर्षहरूमा पहिलो दोश्रो र तेस्रो कार्यक्रम क्रमशः मंगलबारे, पानीटार र सिद्धिथुम्का डाडामा सम्पन्न गरिएको थियो । नितिगत आराजकता र समाजमा रहेको विकृति विसंगति हरूका विरुद्ध नगरपालिका भित्रको विभिन्न ठाउँ हरूमा “परिवर्तनका लागि साझा साहित्यिक आवाज” कार्यक्रम सम्पन्न गर्ने गरिएको छ । सुशासन, पर्यटन प्रवर्द्धन,साहित्य, भाषा, लिपि, संस्कृति र संगीतलाई संरक्षण तथा बिकास गर्न परिवर्तनका लागि साझा साहित्यिक आवाज कार्यक्रम आयोजना गरिएको हो ।

कार्तिक ११ गते सम्पन्न गरिएको कार्यक्रममा साहित्य सँगै उत्पिडित वर्ग समुदायको गुनासो र बिचारलाई पनि अग्रस्थानमा राखिएको थियो । देउमाई नगरपालिका १ चमैता खम्बु डाडामा क्रान्तिकारी र विद्रोही विचार धारका साहित्यपनि गुञ्जिएको थियो ।

इलाम देउमाई नगरपालिका-१, चमैता सहिद जननेता रत्नकुमार बान्तावाको जन्मथलो भएकोले बाम पन्थिको प्रभाब र बान्तावाको जीवान संघर्षका कुरा हरूपनि बढो चाखका साथ सुन्ने सुनाउने गरिएको थियो । देश र समुदायमा दलाल पुजिवाद र सासक वर्ग हरूको प्रभाब बारेपनि खुब आलोचना गरिएको थियो । उत्पिडित आदिवादि जनजाति, दलित, सिल्पि, पिछडिएका वर्ग हरूको दबेर रहेका आवाज हरूपनि परिवर्तनका लागि साझा साहित्यिक आवाज बनेको थियो ।

परिवर्तन, दीगो विकास र समाज र जनताको उद्दारका निम्ति “परिवर्तनका लागि आवाज” संस्थाको टोलि चमैता पुगेको हो । उक्त कार्यक्रममा शिक्षक, विद्यार्थी, साहित्यकार, संगितकार, सामाजिक अभियन्ता, राजनिति कर्मि, बुद्धजिवि वर्गको पनि उपस्थिति रहेको थोयो ।

Leave a comment

Your email address will not be published. Required fields are marked *