इलाम । २०८१/६/२५ इलाम देउमाइ नगरपालिका वडा न २ तुम्याहाङ समाजबाट सञ्चालित पिपलबोटे युवा क्लबले आयोजना गरेको छैटोै पिपलबोटे खुल्ला नकआउट पुरुष फुटबल प्रतियोगिताको फाईनलखेल औपचारिक कार्यक्रम गरि सम्पन भएको छ । कार्यक्रममा दे. न. पा. २ का वडा अध्यक्ष नर ब. मगर प्रमुख अतिथिमा हुनुहुन्थयो भने प्रमुख रेफ्रि राजेश योङ्हाहाङ साइडमा वादल लिम्बू र सुमन मगर फोर्त अफिसियलमा प्रज्वल तिवारी रहेका थिए ।

खेलको सुरुमा पुजा लिम्बुले स्वागत मन्तब्य दिनु भएको थियो । उद्घोषकमा डम्मर लिम्बूले कार्यक्रम सन्चालन गर्नु भएको थियो । खेल यहि असोज २० गते देखि सुरुगरी लगातार ५ दिन खेल सञ्चालन भएको हो ।

आज २५ गते फाइनल खेलमा ओखरबोटे फुटबल क्लब सान्ति डाँडा प्रथम भएसगै, हाङ्माचुलि फुटबल क्लब फाकफोकथुम उपविजेता भएको हो । खेलको हापटइम पछि जर्षि न ६ बालकृष्ण राई को १ गोलनै आजको निणायक गोल भएको थियो ।

खेलमा सर्भाधिक गोल कर्ता विशेष राई हाङ्माचुलि र उत्कृष्ट खेलाडि नबिन राइ ओ. एफ. सि. तेस्तै उत्कृष्ट किपर सुवास राई हाङ्माचुलि ट्रफि सहित पुरष्कृत हुनु भएको थियो । खेलको बिजेता टिमले २०,०००/- मेडल, ट्रफि र उप बिजेताले १४,०००/- रकम साथै मेडल, ट्रफिले चित्त बुजाएको छ ।

– राजकुमार याेङ्हाङ् लिम्बु, इलाम ।

Leave a comment

Your email address will not be published. Required fields are marked *