इलाम, २९ भदौः सवारी दुर्घटनामा घाइते भएका नेपाली सेनाका दुई जनामध्ये एकको मृत्यू भएको छ । गोरखा नगरपालिका वडा नं ९ ठिगुरेश्वारामा सवारी दुर्घटना परी घाइते भएका २५ वर्षीय सुरेन्द्र राईको गोरखा अस्पतालमा उपचारका क्रममा शनिबार साँझ मृत्यु भएको  नेपाल प्रहरीले जनाएको छ । 

इलामको देउमाई नगरपालिका २ घर भई गोरखास्थित रिपुमर्दन गणमा कार्यरत राईको मृत्यू भएको प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग १ क ५६५४ नम्बरको ट्रिपर र विपरीत दिशाबाट आउँदै गरेको बा ७० प २८७१ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार नेपाली सेनामा कार्यरत दुई जना घाइते भएका हुन्  । 

शनिबार अपरान्ह पौने पाँच बजेतिर भएको सो दुर्घटनामा परी गोरखास्थित रिपुमर्दन गणमा कार्यरत लेसनायकद्वय सुरेन्द्र राई र जनम राई घाईते भएका थिए ।  

घाइते २४ वर्षीय जनमको उपचारका लागि काठमाडौँ लगिएको  जानकारी प्राप्त भएको छ । ट्रिपर चालक अजिरकोट गाउँपालिकाका ३३ वर्षीय चन्द्रबहादुर परियारलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *