डडेल्धुरा । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ । बुधबार रातिदेखि प्रदेशका डडेल्धुरा, डोटी, बैतडी, कैलाली र कञ्चनपुर जिल्लाका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी डडेल्धुरामा वर्षा भएको हो ।  डडेल्धुरामा ६६७, कैलालीको धनगढीमा १५७ र डोटीको दीपायलमा ११२ मिलिमिटर वर्षा भएको छ । अझैपनि वर्षा रोकिएको छैन ।

 भारी वर्षाका कारण पहिरो जाँदा प्रदेशका विभिन्न राजमार्ग  अवरुद्ध भएका छन् । तराईका जिल्लाबाट सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग आधा दर्जन स्थानमा पहिरो गएपछि पूर्ण रुपमा अवरुद्ध  भएको छ । नेपाल प्रहरी, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार राजमार्गको खानीडाँडा, फल्टुडे, भासु भीर, मेलखर्क, साखुखर्क लगायतका स्थानमा पहिरो गएको हो । 

डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा सबैभन्दा ठुलो पहिरो खसेपछि राजमार्ग पवहानैदेखि पूर्णरूपमा अवरुद्ध भएको छ  । यस्तै डडेल्धुराबाट डोटी जोड्ने के आई सिंह राजमार्गपनि पूर्ण रुपमा बन्द रहेको जल्ला प्रहरी कार्यालय डडेल्धुराले सूचना जारी गर्दै उल्लेख गरेको छ । राजमार्गको रडुवा र सकायल क्षेत्रमा पहिरो खसेको जनकारी प्राप्त भएको छ ।

 यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रुपमा बन्द  भएको छ । आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । 

बझाङ जोड्ने जयपृथ्वी राजमार्ग पनि अवरुद्ध भएको छ । राजमार्गअन्तर्गत छविसपाथिभेरा गाउँपालिकाको जालेबगरमा पहिरो गएपछि बझाङको यातायात अवरुद्द भएको हो । 

 केदारस्यू गाउँपालिका क्षेत्रमापनि पहिरो गएपछि आवातजावत ठप्प छ । साथै बिजुलीको तार चुडेर सेती नदीले बगाएपछि बझाङको विद्युत सेवा पनि अवरुद्द भएको छ । अविरल भारी बर्षाका कार्ण प्रदेशका अन्य जिल्लाहरूमा पनि बिद्युत प्रसारण अबरुद्ध भएको छ ।

 डडेल्धुरादेखि बैतडी जोड्ने राजमार्ग पनि पूर्ण रुपमा अवरुद्ध भएको छ । राजमार्गको डडेल्धुरा सदरमुकाम क्षेत्र, अनारखोली क्षेत्रमा पहिरो गएपछि रामाजर्ग अवरुद्ध भएको हो  । 

यस्तै, कैलाली जिल्लामा भारी वर्षा भएपछि विभिन्न क्षेत्रमा बाढी गएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार मोहना, खुटीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो क्रममा छ । उनले तटीय क्षेत्र र  डुवान हुने होचा स्थानमा उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरिएको बताए । जोशीका अनुसार कर्णाली नदीले पनि चेतावनी तह पार गरेको छ । भने जिल्लाको जोशीपुर गाउँपालिकामा मात्रै बाढीले एक सय परिवार प्रभावित नबाएको छ । गाउँपालिकाको वडा नम्बर ३ र ४ मा दुई परिवार विस्थापित भएका छन् । जानकी गाउँपालिका वडा नम्बर ४ मा १५, वडा नम्बर ७ मा १७ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।

श्रोत: karkiDB 

सुदुरपश्चिम प्रदेश – डडेलधुरा

Leave a comment

Your email address will not be published. Required fields are marked *