मिति: 2081/5/20 

  नेपाली हिन्दु नारीहरुको महान चाड तिज आइसकेको छ र तिजको रौनक चोक, बजार, गाउँ, टोल, सबैतिर देखिएको छ। तिज के हो ? कसरी मनाइन्छ ? भन्ने बारेमा नेपाली समाजमा परिचय दिरहनु पर्दैन भन्ने हाम्रो बुजाइ छ । 

   विशेषत, आज हामीले चर्चा गर्न खोजेको देशबाहिर कर्मथलो बनाएर बस्नु भएका हाम्रा दिदी बहिनीहरुले आफ्नो चाडपर्व कसरी मनाउँदैहुनुहुन्छ र उनिहरुलाई नेपाली समाजमा किन अनावश्यक रूपमा असहज नजरबाट हेरिन्छ, थोरै चर्चा गर्न गैरहेकाछौं । 

  नेपालमा रोजगारको व्यवस्था राम्रो नभएकोले महिलाहरुपनि वैदेशिक रोजगारमा जाने सङ्ख्या बड्दो क्रममा छ तर यो सत्य बास्तविक्तालाई नेपाली समाजले अझै सहज रुपले लिन सकेको अबस्था छैन । महिलाले घर रुङ्नै पर्छ भन्ने नेपाली पुरुष प्रधान समाजको मान्यता छ ।

   परिवारसंग छुटिएर बिदेशमा काम गर्नु पक्कै पनि राम्रो कसैलाई लाग्दैन, अझ वैदेशिक रोजगारको क्रममा पाइने दुख सोयम भोग्ने ब्यक्तिलाई थाहा हुन्छ तर हाम्रो समाजले वैदेशिक रोजगारमा रहेका महिलाहरुको चरित्रमा औंला उठाउन अघिसरेको घट्नाहरु प्रसस्तै पाइन्छ, यस्ले हाम्रो समाजको विकृतिलाइ चित्रण गर्छ, महिला अधिकारका कुराहरु ओझेलमा परेकोछ ।

  विभिन्न समस्याका बाबजुत पनि बिदेशमा छरिएर रहेका नेपाली हिन्दुनारिहरुले आफ्नो ब्यस्त समय निकालेर तिजको व्रत बस्न नसकेपनि सांस्कृतिक कार्यक्रम र दरखाने कार्यक्रम गर्न भ्याका हुन्छन् । अधिकांश नेपाली महिलाहरुलाई तिज कसरी मनाउने  बिचारमा हुनुहुन्छ भन्ने प्रस्नमा, ” ड्युटि छ बिदामिल्दैन बिदेशमा गारो छ ” भन्ने जवाफ पाउन सकिन्छ तर उनिहरुले आफ्नो  बिदा भएको दिन मिलाएर कन्सर्ट जस्ता बिभिन् सांस्कृतिक कार्यक्रम गरेर नेपाली चाड पर्व मनाएको महसुस गरेर नै छाड्छन । नेपाली चाडले बिदेशमा को हिन्दु, को बौद्ध, को किरात, कुनै धर्म जात मत्लव नराखी नेपालीलाई जोड्ने काम गराउछ । एस्ता पर्वहरुले नेपालीहरुलार्इ एक ठाँउमा ल्याउन निकै ठुलो महत्व बोकेको हुन्छ। यस्ता चाड पर्वहरुले नेपालीहरुको पिर ब्यथा बिसाउने काम गर्छ। ड्युटिको तनाव पारिवारिक समस्या लागायत बिभित समस्या संग लडेर नेपालीहरु बिसेसत नारीहरु बिदेशमा दूखगरिरहनु भएकोछ ।

  नेपाली समाजमा अजैपनि महिलालाई हेर्ने दृष्टिकोण  वद्लिसकेको अवस्था छैन । तिज नारी दिवस जस्ता नारीहरुको  विशेष दिनमा मात्र नारी स्वतन्त्रताको कुरा गर्नु भन्दापनि समाजमानै नारीहरुले बिभिन् क्षेत्रमा अग्रसरता लिनुपर्छ जनचेतना मुलक कार्यक्रम ल्याउनु पर्छ । नारी र पुरुष को अन्तर शारिरिक बनाउटमा मात्र फरक हो भन्नेकुरा नेपाली समाजलाइ महसुस गराउन सक्नु पर्छ, तब मात्र नेपाली समाजमा नारीहारुलार्इ ३६५ दिन्नै तिज हुने छ नारी दिवस हुनेछ ।

                            राजकुमार लिम्बु, इलाम ।

Leave a comment

Your email address will not be published. Required fields are marked *