![उधौली विशेष साकेला सिल्ली सांस्कृतिक कार्यक्रम सम्पन्न । 1](https://jagritikhabar.com/wp-content/uploads/2024/12/1-1024x576.jpg)
टिका बि.क । गछिया / मोरङको सुन्दरहरैंचा – ६ चौतारी टोलमा रहेको साकेलाथानको प्रागणमा किरात राई यायोक्खा पाकहाङ सुम्निमा काचिपेन समितिको आयोजनामा उधौली विशेष साकेला सिल्ली सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रम समितिका अध्यक्ष विष्णु राईको सभा अध्यक्षतामा भएको थियो। कार्यक्रमको प्रमुख अतिथि किरात राई यायोक्खा नगर समिति अध्यक्ष चित्रबहादुर राई रहेका थिए भने विशिष्ट अतिथिहरू सुन्दरहरैंचा नगर कार्यपालिका सदस्य आनन्द लिंखा, वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष जीवनकुमार राई, सुन्दरपुर खानेपानी समिति सचिव शंकर देवान रहेका थिए । कार्यक्रममा सुन्दरहरैंचा ६ का वडा सदस्यहरू, समितिका विभिन्न तहका प्रतिनिधिहरू, नागरिक समाजको उपस्थिति रहेको थियो।
![](https://jagritikhabar.com/wp-content/uploads/2024/12/purbanchal-ad.gif)
भिडियाे हेर्न यहाँ थिच्नुहाेस् ।
कार्यक्रममा उपस्थित जनसमुदायहरूलाई स्वागत भाषणद्वारा स्वागत सम्बोधन समितिका उपाध्यक्ष आशिष किराती राईले गरेका थिए। कार्यक्रमको सञ्चालन सल्लाहकार समितिका प्रताप राईले गरेका थिए ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका साकेला सिल्ली नाचले भव्य रमाइलो प्रदान गरेका थिए । कार्यक्रममा विभिन्न कलाकार भाइबहिनीहरूले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए भने गीतहरू पनि गाएका थिए ।
![उधौली विशेष साकेला सिल्ली सांस्कृतिक कार्यक्रम सम्पन्न । 3](https://jagritikhabar.com/wp-content/uploads/2024/12/3-1024x576.jpg)
![उधौली विशेष साकेला सिल्ली सांस्कृतिक कार्यक्रम सम्पन्न । 4](https://jagritikhabar.com/wp-content/uploads/2024/12/4-1024x576.jpg)
कार्यक्रममा विभिन्न व्यक्तिहरूलाई प्रमाण–पत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र अतिथिहरूले उधौली विशेष साकेला सिल्ली सांस्कृतिकको सुकुसल सम्पन्न भएको र किरात जातिहरूले आफ्नो धर्म सांस्कृतिक संस्कारको संरक्षण गर्दै निरन्तर अगाडि बढ्न विशेष जोड दिँदै शुभकामना मन्तव्य राखेका थिए ।
याे पनि पढ्नुहाेस्ः तस्करको स्कोरपीयोले किचेर सशस्त्र प्रहरी सईको मृत्यु