![सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? sun](https://jagritikhabar.com/wp-content/uploads/2024/09/sun-1024x683.jpg)
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा दुई सय रुपैयाँले बढेको हो ।
यस अघि सोमबार १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज एक लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
![](https://jagritikhabar.com/wp-content/uploads/2024/12/purbanchal-ad.gif)
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर १७६५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।