भर्खरै बिहे गरेकी राखी सावन्तकाे डिभाेर्स हुँदैछ?

जागृति खबर संवाददाता

काठमाडौं ।

भारतीय अभिनेत्री तथा मोडल राखी सावन्तले केही समयअघि प्रेमी आदिल खान दुर्रानीसँग विवाह गरेकी थिइन्।

सामाजिक सञ्जालमा विवाहको तस्बिर र भिडिओ बाहिरिँदा समेत आदिलले राखी आफ्नो श्रीमती भएको अस्वीकार गरेका थिए।

आदिलले आफूलाई अस्वीकार गरेपछि राखी रुँदै मिडियासामु आएकी थिइन्। राखी रोएको देखेपछि बलिउड अभिनेता सलमान खानले आदिलसँग फोनमा कुराकानी गरेका थिए।

सलमानसँग कुराकानी गरेपछि आदिलले उनीहरूको विवाह स्वीकार गरेका थिए। केही दिनअघि राखीको आमाको निधन भयो।

आमाको मृत्युले भावविह्वल बनेकी राखीको बैवाहिक जीवन राम्रो चलिरहेको छैन। उनीहरूकाे डिभोर्स हुन लागेकाे भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।

राखी आफैंले सञ्चारमाध्यमसँग कुराकानी गर्दै उक्त जानकारी दिएकी हुन्। राखीका अनुसार आदिलको अफेयरकै कारण विवाहलाई अस्वीकार गरेका हुन्।

‘मिडियामार्फत आदिलकी प्रेमिकालाई चेतावनी दिन्छु। मेरो र आदिलको बीचमा आयौ भने नाम सार्वजनिक गरिदिन्छु। एक महिला अर्का महिलाको घर तोड्दै छौ। आदिल म अन्य महिलाको जस्तो चुप लागेर बस्दिनँ। यदि फर्किएर आउँछौ भने म केही भन्दिनँ,’ उनले भनिन्।

राखीले यसअघि रितेश पाण्डेसँग विवाह गरेकी थिइन्। राखी र रितेश ‘बिग बोस १५’ मा एकसाथ देखिएका थिए। शोबाट बाहिर आएको केही समयपछि उनीहरूको सम्बन्धविच्छेद भएको थियो।

चौध अर्ब ३१ करोड अनुदान सहायता स्वीकार
सरकारले नेपाल स्थानीय पूर्वाधार सहयोग कार्यक्रमका लागि बेलायत सरकारबाट प्राप्त हुने करिब रु १४ अर्ब ३१ करोड अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

गत फागुन २५ गतेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

बैठकले निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीको भारत र भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालको जापान भ्रमण स्वीकृति गरेको छ । गत फागुन १९ गतेको मन्त्रिपरिषद् बैठकले फागुन ३० देखि चैत २ गतेसम्म बेलायतको लन्डनमा आयोजना भएको ‘हेल्दी सिटी समिट’ विषय कार्यक्रममा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको भ्रमण स्वीकृत गरेको छ ।

बैठकले यही चैत ८ देखि १० सम्म न्यूयोर्कमा आयोजना हुने उच्चस्तरीय वाटर कन्फरेन्स, २०२३ को भ्रमणमा सहभागी हुन सचिव गोपालप्रसाद सिग्देललाई स्वीकृति दिएको छ । नेपाल र श्रीलङ्का सरकारबीच विज्ञान प्रविधि र नवप्रवर्तनको क्षेत्रमा सहयोग आदानप्रदान गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई अख्तियारी प्रदान गरेको छ ।

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक विस्तारका लागि सडक सीमाभित्रका एक सय २१ र नारायणघाट–मुग्लिन सडकमा पुल निर्माण गर्न सडकको रेखाङ्कनभित्र परेका २६ वटा घरटहरा भोगचलन गर्ने व्यक्तिलाई क्षतिपूर्ति दिई घरटहरा हटाउन स्वीकृति प्रदान गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले कृषकले उत्पादन गरेको कच्चा दूधको उत्पादनस्थल (फार्म) वा सङ्कलन केन्द्रस्तरमा प्रतियुनिट फ्याट सात रुपैयाँ १५ पैसा, प्रतियुनिट एसएनएफ चार रुपैयाँ ५५ पैसाको दरले प्रतिलिटर दूधको न्यूनतम खरिद मूल्य रु ६५ निर्धारण गरेको छ । बैठकले वैदेशिक रोजगार न्यायाधीकरणको सदस्यमा सहन्यायाधिवक्ता उद्धवप्रसाद पुडासैनीलाई तोकेको छ ।