२९ फागुन, काठमाडौं ।
नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसको जिम्मेवारीबाट दिएको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति पौडेलले आइतबार पार्टीको जिम्मेवारीबाट दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका हुन् ।
देउवाले पौडेलको राजीनामा कांग्रेसको विधान, २०१७ (संशोधनसहित) अनुसार आइतबारदेखि नै लागू हुनेगरी स्वीकृत गरिएको पार्टी केन्द्रीय पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए ।
नदीको बहाव परिवर्तनका विषयमा समन्वय समितिको निरीक्षण
जिल्लाको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा त्रिशूली नदीको बहाव परिवर्तन गरिएको विषयमा जिल्ला समन्वय समिति प्रमुखसहितको टोलीले आज निरीक्षण अनुगमन गरेको छ । बागमती प्रदेशसभा सदस्य कृष्ण सिलवाल, समन्वय प्रमुख नारायणप्रसाद अधिकारी, उपप्रमुख कल्पना काफ्ले सापकोटा र इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङसहितको टोलीले अनुगमन गरेको हो ।
गोरखाको शहीद लखन गाउँपालिकाले वातावरणीय अध्ययन प्रतिवेदनलाई दृष्टिगत गर्दै ६ हजार घनमिटर ढुङ्गा, गिट्टी, बालुवा उत्खननका लागि गाउँपालिका–४ स्थित ठेउवाटारबाट त्रियुग निर्माण सेवा सिन्धुपाल्चोकसँग ठेक्का सम्झौता गरेको थियो । रु २४ लाख ९५ हजारमा ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौताअनुसार ढुङ्गा, गिट्टी, बालुवा निकासीका लागि ठेकेदार कम्पनीले खोलालाई थुनी सवारी आवागमनका लागि बाटो बनाएको छ । नदीको बहाव परिवर्तन गर्ने गरी बाटो बनाएपछि समितिले अनुगमन गरेको हो ।
नदीजन्य पदार्थ निकासीका क्रममा खोलाको बहाव परिवर्तन गर्न नपाउने प्रदेशसभा सदस्य सिलवालले बताउनुभयो । नदीको बहाव परिवर्तन गर्नु प्रकृतिको दोहन भएको उहाँले बताउनुभयो । समन्वय प्रमुख अधिकारीले नदीको बहाव परिवर्तन हुने गरी गरिएको यो कार्य तत्काल रोकिने बताउनुभयो । सो कार्य रोक्नका लागि दुई जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरिएको उहाँको भनाइ छ । उहाँले अहिले शहीद लखन गाउँपालिकासँग समेत समन्वय भइरहेको बताउनुभयो ।
इच्छाकामना गाउँपालिका अध्यक्ष गुरुङले पालिकाले नदीको बहाव परिवर्तन गर्ने कार्य रोक्नका लागि पहल गर्दै आएको बताउनुभयो ।