काठमाडौं ।
गायिका समीक्षा अधिकारीले लेख्दै नलेखेको कुरा जथाभावी फोटोसप गरेर चरित्र हत्या गरिएको भन्दै त्यसप्रति आपत्ति जनाएकी छन् ।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफूले लेख्दै नलेखेको कुरा भाइरल बनाएर चरित्र हत्या गरिएकोमा आपत्ति जनाउँदै त्यसो नगर्न सबैलाई आग्रह पनि गरेकी छन् ।
उनले लेखेकी छन्, ‘हुँदा हुँदै फोटोसप गरेर यतिसम्म चरित्र हत्या ? प्लिज यसो नगरिदिनुहोला।’
फागुन १५ गते अभिनेता पल शाह जेलमुक्त भएपछि समीक्षाले फेरि सँगै काम गर्ने भनेर लेखेको स्टाटस भाइरल भएको थियो । तर, उक्त स्टाटस फोटोसप गरेर आफ्नो चरित्र हत्या गरिएको उनले प्रष्टिकरण दिएकी छन् ।
यो पनि
घुमिफिरी रुम्जाटार’ भनेझैं यसपालिको दशैं छाडेको फिल्म ‘परदेशी २’ अब आगामी दशैंमा प्रदर्शन हुन सक्ने देखिएको छ । दशैं छाडेर फागुन ५ गतेलाई फिल्मको नयाँ प्रदर्शन मिति तोकिएको थियो । तर, यो मितिमा पनि फिल्म प्रदर्शनमा आएन । फिल्मको कथा दशैंसँग जोडिएकाले अब आगामी दशैंमा प्रदर्शन गर्ने मनस्थितिमा निर्माण टिम रहेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
निर्देशक नारायण रायमाझीले आगामी दशैंमा प्रदर्शन गर्ने गरी फिल्मको थप केही भाग छायांकनको तयारी गरिरहेको बुझिएको छ । दशैंमा कुन मितिमा फिल्म प्रदर्शन हुन्छ भन्ने चाहिँ तय भैसकेको छैन । प्रदर्शनका लागि फिल्मले घटस्थापना वा फूलपातीमध्ये एउटा रोज्न सक्नेछ । २०७१ सालको सुपरहिट फिल्मको सिरिज भएकाले दर्शकको ठूलो जमातमा ‘परदेशी २’को पखाई व्यग्र छ ।
नारायण इन्टरनेशनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीले निर्माण गरेको फिल्ममा प्रकाश सपूत र केकी अधिकारी मुख्य भूमिकामा छन् । गायकको रुपमा परिचित सपूतको नायकको रुपमा यो डेब्यू फिल्म हो । प्रशान्त तामाङ्ग, नीर शाह, सुशील पोखरेल, सविन बास्तोला, रमा थपलिया, भीमा मैनाली, देवेन्द्र बब्लु, रोशनी कार्कीलगायतको पनि फिल्ममा अभिनय रहेको छ ।
‘परदेशी २’को कथा रमेश बिजीले लेखेका हुन् । बि.बि. अनुरागीको संगीत रहेको यस फिल्ममा रामजी लामिछाने र गोबिन्द राईको कोरियोग्राफी, अष्ट महर्जनको द्वन्द्व, दीर्घ खड्काको सम्पादन र मानकृष्ण महर्जनले छायांकन छ । गत असोज १४ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै फिल्मको टिजर र ‘के वर मागी’ गीत सार्वजनिक गरिएको थियो । यो गीतले एकखालको चर्चा कमाइसकेको छ ।