क्यालिफोर्नियामा फेरि गोली चल्यो, ७ जनाको मृत्यु

जागृति खबर संवाददाता

११ माघ, क्यालिफोर्निया ।

क्यालिफोर्नियामा सोमबार एक बन्दुकधारीले गोली चलाउँदा सात जनाको मृत्यु भएको छ । चन्द्रमान नयाँ वर्षमा एक व्यक्तिले गोली हानेर १० जनाको हत्या गरेको दुई दिनपछि पछिल्लो गोलाबारीको घटना भएको हो । मोन्टेरे पार्कमा भएको सामूहिक हत्याको शोक मनाइरहेका बेला अर्को गोलीकाण्ड भएको हो ।

पछिल्लो आक्रमणहरू सान फ्रान्सिस्कोको दक्षिणमा ३० माइल (५० किलोमिटर) दक्षिणमा रहेको हाफ मुन बेको तटीय सहरमा दुई छुट्टाछुट्टै स्थानहरूमा भएको हो ।
आक्रमणकारी ६७ वर्षीय झाओ चुन्ली रहेको बताइएको छ । आक्रमणबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

‘नेपालको पानी जनताको लगानी’ कार्यक्रम कार्यान्वयनको माग
उपप्रधानमन्त्री एवं ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले जलविद्युत् विकासमा सर्वसाधारणको लगानी प्रवद्र्धन गर्न आफू प्रयासरत रहेको बताउनुभएको छ ।

दूधकोसी, माथिल्लो अरुण, बूढीगण्डकीजस्ता आयोजना स्वदेशी लगानीमै निर्माणका लागि सरकारले योजना अघि बढाएको मन्त्री लिङ्देनको भनाइ छ । नेपालको विद्युत् निर्यातका लागि भारत, बङ्गलादेशसहित त्रिदेशीय सम्झौताको तयारी भइरहेको र छिट्टै परिणाम आउने मन्त्री लिङ्देनले उल्लेख गर्नुभयो । सरकारले विद्युत् खपत बढाउने नीतिसमेत अख्तियार गरेको उहाँले जानकारी दिनुभयो ।

नेपाल चेम्बर अफ कमर्सको पदाधिकारी टोलीले मन्त्री लिङ्देनसँग सिंहदरबारमा भेटवार्ता गरेको थियो । मन्त्री लिङ्देनसँग चेम्बरले नेपालको पानी जनताको लगानी भन्ने सरकारी नारालाई व्यवहारिक कार्यान्वयन गर्न आग्रहसमेत गरेको छ । मन्त्री लिङ्देनसँगको भेटमा चेम्बर अध्यक्ष राजेन्द्र मल्लले जलविद्युत् क्षेत्रमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत लगानी प्रवद्र्धन गरी स्वदेशमै ऊर्जाको खपत र निर्यातको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष मल्लले भन्नुभयो, “चरम व्यापार घाटा रोक्ने एकमात्रै विकल्प विद्युत्को निर्यात हो । बर्खायाममा नेपालले ठूलो मात्रामा विद्युत् निर्यात ग¥यो । जलविद्युत्मा स्वदेशी लगानी प्रवद्र्धन गरी खर्बको निर्यात गर्न अब ढिलाइ गर्नुहँुदैन ।”

उहाँले विद्युत् आयोजना निर्माणमा हुने नीतिगत झण्झट अन्त्य एवं प्रसारण लाइन निर्माणलाई पनि तीव्र बनाउनुपर्नेमा जोड दिनुभयो । विप्रेषणको पैसालाई विद्युत्मा लगानीका लागि प्रोत्साहन गर्ने गरी नीति बनाउनसमेत अध्यक्ष मल्लले मन्त्री लिङ्देनसमक्ष आग्रह गर्नुभयो । चेम्बरले जलविद्युत्को पीपीए दरमा सहजता, जग्गा प्राप्तिमा हुने झण्झट अन्त्य, इजाजतपत्रको अवधिजस्ता विषयलाई समावेश गरी १३ बुँदे सुझावसमेत ऊर्जामन्त्री लिङ्देनलाई दिएको छ ।

जलविद्युत् आयोजनाको निर्माण लागत दिन प्रतिदिन बढ्दै गएको एवं प्रतिमेगावाट उत्पादन लागतसमेत बढेको भन्दै अध्यक्ष मल्लले पीपीएको हाल कायम ३५ वर्षको अवधिलाई बढाएर ५० वर्ष पु¥याउनुपर्ने बताउनुभयो ।