गृह मन्त्रालय रवि लामिछानेको ठाडो आदेस पछि सांसद कोइलीलाई पक्राउ !

जागृति खबर संवाददाता

८ माघ, काठमाडौं ।

ह त्या अभियोग लागेका प्रतिनिधिसभा सांसद लक्ष्मी महतो कोइलीलाई पक्राउ गर्न प्रहरीले देशभर सर्कुलर जारी गरेको छ ।

उनलाई पक्राउ गर्न चौतर्फी दबाब बढेपछि केन्द्रले ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर पठाएको हो । सांसद कोइलीलाई पक्राउ गर्नको लागि ७७ वटै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता डिआइजी टेकप्रसाद राईले जानकारी दिए ।

उनले भने, “गृह मन्त्रीले आदेश दिने बित्तिकै सबै जिल्लाका प्रहरी कार्यालयमा सर्कुलर जारी गरेका थियौं । फेरि पनि पनि सर्कुलर जारी गरेका छौं ।”

यस अघि गृह मन्त्रालयले मन्त्री रवि लामिछानेले सांसद कोइलीलाई पक्राउ गर्न प्रहरीलाई आदेश कार्यान्वयन नभएको प्रति गम्भिर ध्यानाकर्ष भएको जानकारी दिएको थियो ।

कोइलीमाथि मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन बिकको हत्या गरेको अभियोग लागेको छ ।
नेकपा (एमाले) का तर्फबाट महोत्तरी– १ बाट कोइली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनले गत पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत समेत दिएका थिए ।

ह त्या अभियोग लागेका कोइलीलाई महोत्तरी जिल्ला अदालतले एक लाख धरौटीमा रिहा गरेको थियो । तर पुनरावेदनपछि उच्च अदालत जनकपुरले जिल्ला कोइलीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

उच्च अदालतको आदेशपछि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन् । उनी प्रहरीको फरार सूचिमा रहेका छन् । तर फरार सूचिमा रहेका सांसद कोइली संसदमा उपस्थित हुँदा समेत पक्राउ नगरिएको भनेर गृह मन्त्री तथा प्रहरी प्रशासनको समाजिक सञ्जालमा आलोचना भैरहेको छ ।

स्वास्थ्यमन्त्री बाँकेको दादुरा प्रभावित क्षेत्रमा
बाँकेमा देखिएको दादुरा महामारीको अवस्थाबारे जानकारी लिन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले यहाँ स्थलगत अनुगमन गर्नुभएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–५ स्थित आधारभूत स्वास्थ्य केन्द्रमा पुगेर दादुराका बिरामीको वास्तविक अवस्था बुझ्दै उहाँले नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । उहाँले स्थानीयलाई खोप लगाउने विषयमा गम्भीर हुन सुझाव दिँदै दादुरा नियन्त्रणका लागि सरकारले खोप अभियान तीव्र बनाएको उल्लेख गर्नुभयो ।

मन्त्री गिरीले खोपलाई प्रभावकारी बनाउन स्थानीय जनप्रतिनिधिको भूमिका महत्वपूर्ण रहेकाले अन्य काम छाडेर अहिले दादुरा नियन्त्रणमा सक्रिय हुन आग्रह गर्नुभयो । मन्त्रीसँगै सांसदहरु सूर्य ढकाल, धवलशमशेर राणा र दीपा शर्मा, स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेल, महानिर्देशक डा दीपेन्द्ररमण सिंह, नीति योजना महाशाखाप्रमुख डा कृष्ण पौडेल, प्रदेश स्वास्थ्य निर्देशक डा विनोद गिरी, डेपुटी डाइरेक्टर डा रोशनलाल चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेललगायत सहभागी हुनुहुन्छ ।

बाँकेका पाँच स्थानीय तहमा दुई सय ६० जना दादुराबाट प्रभावित भएका छन् । यसमध्ये सबैभन्दा बढी नेपालगञ्जमा दुई सय तीनजना रहेका छन् । प्रभावित भएकामध्ये एक सय ९६ निको भएको तथा ६३ जना उपचार गराइरहेका र एकको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा अहिलेसम्म ६८ हजार दुई सय २१ जनाले खोप लगाएका छन् । अझै पनि ४८ हजार आठ सय २२ जनालाई खोप लगाउन बाँकी रहेको बताइएको छ । मन्त्री गिरीले नेपालगञ्जस्थित भेरी अस्पतालको समेत निरिक्षण गर्नुभएको छ । उहाँले अस्पतालमा रहेका बिरामीसँग कुराकानी गर्नाका साथै विभिन्न वार्डको समेत अनुगमन गर्नुभएको छ ।

उहाँले अस्पतालको फोहोर व्यवस्थापनका विषयमा पनि जानकारी लिनुभएको छ । अस्पतालका बारेमा मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी गराउनुभएको थियो ।