ढिला नगरी विदेशमा हुनेहरु फर्किनुहोस, म एयरपोर्टमा लिन आउनेछुँ: रवि लामिछाने

जागृति खबर संवाददाता

७ माघ, काठमाडौं ।

यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा रहनु भएका ब्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इक्छुक ब्यक्तिको हामीलाई खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत CEO भएर बिकास, सुसासन, ब्यवस्थापन लगायतका सम्पुर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुबिधा सहित म एयर्पोटमा स्वागत गर्न तयार छु।

कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नी, हैन त? शुरूवात एक जना बाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो CV मलाई पठाउनु होला। म तपाईं लाई लिन आफै एयर्पोर्ट आउछु।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले आगामी सरकारको नेतृत्वमा आफ्नो पार्टीको पनि दाबी रहने संकेत गरेका छन् । उनले सरकारको नेतृत्व रास्वपाले गर्न सक्ने सम्भावनाबारे पनि छलफल गरिरहेको बताए । लामिछानेलेलाई ठूला दलका पुरानै नेताले नेतृत्व गर्ने अवस्थामा रास्वपा सरकारमा जान्छ कि जाँदैन भनेर सोधिएको थियो । उनले त्यस्तो सम्भावनालाई इन्कार गरेनन् ।

उनले भने, ‘आमनागरिकले मत दिएर, विश्वास गरेर उहाँहरुलाई जिताइसकेपछि हामीले जनमतको कदर नगर्ने कुरा आउँदैन ।’ यद्यपि, आफ्नै पार्टीले सरकारको नेतृत्व गर्ने भित्री चाहना पनि लामिछानेले प्रकट गरे ।

उनले थपे, ‘अबको छलफल कुन ढंगले अगाडि बढ्छ भन्न सकिन्न । हामीलाई सरकार बनाउन पुग्ने जनमत त छैन । यद्यपी, कसैलाई पनि बहुमत नआएको परिप्रेक्षमा चांैथो ठूलो दलको हैसियतमा कुनै ढंगबाट हामीले नै नेतृत्व गर्न सक्ने अवस्था रहन्छ कि भन्नेलाई पनि छलफलको विषय बनाएका छौ । बाँकी हेर्दै जाउँ ।’

यद्यपि, जनमतका आधारमा ठूला राजनीतिक दलले नै सरकार चलाउने पहिलो हक राख्ने उनको भनाइ थियो । राजनीतकि दलहरु अनिर्णयको बन्दी बन्नु नहुनेमा लामिछानेले जोड दिए ।