वैदेशिक रोजगारीमा जाने हो कतार ? तलब १ लाख २८ हजार

जागृति खबर संवाददाता

काठमाडौं ।

कतारको राम्रो कम्पनी NEW FLOWER TRADING CONTRACTING HOSPITALITY SERVICE कम्पनीमा नेपालीको लागी बैदेशिक रोजगारको सुवर्ण अवसर आएको छ ।

कतारको राम्रो कम्पनी NEW FLOWER TRADING CONTRACTING HOSPITALITY SERVICE कम्पनीमा नेपाली श्रमिकको माग आएको छ ।

कतारको उक्त कम्पनीमा मासिक तलब ३५ हजार देखी १ लाख २८ हजारसम्म हुने साथै OT को पनि सुविधा रहको छ ।

सबै जानकारी पाउन वा जान इच्छुक नेपालीले सिधै मेनपावर कम्पनीमा सम्पर्क गर्नुहोला । दलाललाई प्रवेश निशेध गरिएको छ ।

हेर्नुस् बिज्ञापन र मेनपावर कम्पनीको डिटेल अल हरमैन एच. आर. प्रा.ली. सिनामंगल ९ काठमाडौं नेपाल Phon. 01-4110912

मलेसियाको सेन्ट्रल मेडिकेयरबाट आयो खुसीको खबर, गर्‍यो यस्तो घोषणा
मलेशियाको सेन्ट्रल मेडिकेयर कम्पनीले मलेसियामा काम गरि अक्टोबर २०१९ भन्दा पछि फर्किएका नेपाली कामदारहरुलाई मलेसिया जाँदा लागेको लागत फिर्ता गर्ने सूचना जारी गरेको छ ।

मलेसिया स्थित सेन्ट्रल मेडिकेयर, तेलुक इन्ताङ, पेराकले साझा सबाल मिडियालाई यस सूचना बारे जानकारी दिँदै पूर्व कामदारहरुले तिरेको भर्ति शुल्क पूर्व कामदारहरुलाईनै फिर्ता गर्ने कार्यक्रम चलाइएको जनाएको छ ।

जारी सूचना अनुसार मलेसिया स्थित सेन्ट्रल मेडिकेयर एउटा स्थापित पन्जा उत्पादक कम्पनी हो । कम्पनीले आफूहरुले आफ्नो कम्पनीमा जाने कामदारहरुको पक्षमा जिम्मेवार र नैतिक भर्ना प्रक्रिया कार्यान्वयन होस् भन्ने सुनिश्चित गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

यस कार्यक्रमको उदेश्य आफ्नो कम्पनीमा स्रोत देशहरुबाट रोजगारमा लगिएका विदेशी कामदारहरुलाई बाध्यकारी श्रम र शोषणकारी अभ्यासहरुबाट मुक्त होउन् भन्ने रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले अक्टोबर २०१९ मा सेन्ट्रल मेडिकेयरमा काम गर्न जाँदा विदेशी कामदारहरुले अनावश्यक लागत तिर्न नपरोस् भनेर शुन्य लागतमा कामदार लिने नीति ल्याएको जनाएको छ । यो नीति हाल सेन्ट्रल मेडिकेयरमा रोजगारमा जाने कामदारहरुमा लागू कम्पनीको भनाई छ ।

कम्पनीले सूचनामा उल्लेख गरेको छ – ‘यस शुन्य लागतमा भर्ति नीतिको उद्देश्य रोजगार एजेन्टहरु, उप-एजेन्टहरु वा अन्य तेस्रो पक्षहरुले उनिहरुको आफ्नो देशमा हाम्रो विदेशी आप्रवाशी कामदारहरुलाई भर्ति प्रक्रियामा संलग्न गराउने क्रममा देश बाहिर जिविकोपार्जन सुधारको वाचा गरि भुक्तानी गरिने रकम र रिपोर्ट नगरिएका एकतर्फी रुपमा असुल गरिने शुल्क भुक्तानीहरु उन्मूलन गर्नु हो ।’

अहिले कम्पनीले आफ्नो कम्पनीमा रोजगारमा गएकाहरुलाई एजेन्ट तथा सबएजेन्टहरुले अनावश्यक भर्ति शुल्क लिएको भए फिर्ता गराउने कार्यक्रम भईरहेको जनाएको छ ।

साथै कम्पनिले आफ्नो कम्पनीमा २०१९ यता कुनै पनि नेपाली कामदारले आफ्नो कम्पनीमा जाँदा लागत तिरेको भए फिर्ता गराउने काम भईरहेको जानकारी दिएको छ । कम्पनीका अनुसार अक्टोबर २०१९ देखि मार्च २०२२ को बिचमा सेन्ट्रल मेडिकेयर छोडेका सबै पूर्वआप्रवासी

कामदारहरुलाई कम्पनीले नियुक्त गरेका सेवा प्रदायक संस्थालाई ३१ मे २०२३ भन्दा अगाडि सम्पर्क गरि सुधार भुक्तानी (Remediation Payment) को जानकारी लिनुहुन आमन्त्रित गरिएको छ ।

साथै कम्पनीले कामदारहरुले ९८१०६४७७७४ वा इमेल [email protected] मा सम्पर्क गरेर आवश्यक जानकारी तथा सहयोग लिन सक्नेछन् ।