टिकटकबाट म्युजिक भिडियोमा उदाएकी ‘मिस पबि’ले लिन्छिन् यतिधेरै पारिश्रमिक

जागृति खबर संवाददाता

काठमाडौ ।

पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो टिकटक । टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । ३ मिनेट’सम्मकोे भिडियो बनाउन मिल्ने यो एप्स टिक’टकमा युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । टिक’टकमा गरेको अभिनय’बाट धेरै व्यक्ति चर्चित’समेत भएका छन् ।

पछिल्ला वर्ष टिकटकबाट म्युजिक भिडियोमा उदाउने कलाकारहरूको संख्या ठूलो छ । त्यसमध्ये केही कलाकारहरू म्युजिक भिडियोमा राम्रैगरी जमिरहेका पनि छन् । प्रिज्मा– प्रिन्सी खतिवडा, गरिमा शर्मा, गीता ढुंगाना, सुधार श्रेष्ठ लगायतका कलाकारहरू टिकटकबाटै उदाएका हुन् जो म्युजिक भिडियोमा ‘डिमाण्डेड’ मानिन्छन् ।

गरिमा शर्मा त यतिबेला चलचित्रको अभिनेत्री समेत बनिसकेकी छिन् । पछिल्लो समय टिकटकबाट म्युजिक भिडियोमा उदाउनेमध्येमा पर्छिन् पवित्रा साँकी अर्थात ‘मिस पबि’ । डडेल्धुराकी उनी टिकटकमा निकै चर्चित छिन् । उनै ‘मिस पबि’ यतिबेला एकपछि अर्को म्युजिक भिडियोमा मोडलिङ गरिरहेकी छिन् ।

केही म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सर्वाधिक चर्चा दिलाउने गीत भने ‘जुम्ला’ हो । दुई साताअघि युट्युबमा सार्वजनिक सुनिल गिरीको उक्त गीतले निकै राम्रो भ्युज पाइरहेको छ । यो गीतले चर्चा पाएसँगै उनलाई एकपछि म्युजिक भिडियोहरूबाट मोडलिङका लागि ‘अफर’ आइरहेका छन् । ‘जुम्ला’ पछि मिस पबिले केही म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् ।

जसमध्ये ‘संग संगै’बोलको गीत माघको १ गते सार्वजनिक हुँदैछ । थुप्रै गीतहरूबाट अफर आउने गरेको भएपनि मिस पबिले छनोट गरेर मात्रै मोडलिङ गर्ने गरेकी छिन् । उनी एउटा म्युजिक भिडियोमा मोडलिङ गरेको ३० हजार रुपैयाँ पारिश्रमिक माग्ने गरेकी छिन् । आफ्नो गीतमा मिस पबिलाई मोडलिङ गराउन लागेका एक गायकले भने – ‘३० हजार रुपैयाँ भन्नुभयो । त्यसमा केही मिलाउँला भन्नुभएको छ ।’

अहिले भिडियोमा काम गरिरहेकी मिस पबिको रुचि चलचित्रतिर पनि छ । कथा, टिम चित्त बुझ्यो भने चलचित्रमा पनि अभिनय गर्ने उनी बताउँदै आएकी छिन् । अभिनयप्रतिको रुचि भने आफूमा सानैदेखि रहेको उनले बताएकी छिन् । एक बर्षअघि उनको टिक’टक प्रोफाइलमा केही हजार फलोअर मात्रै थिए । उनी डडेल्धुरी भाषामा बोलेका भिडियो अपलोड गर्थिन् ।

तर उनले बोलेको डडेल्धुरी भाषाको टि’कटक भिडियोले टिक’टकमा धेरैले मन पराउन थाले ।‘गित, डान्स भन्दापनी म डडेल्धुराको भा’षामा बोलेका भिडियो टिकटकमा धेरैले मन पराएको छ । डडेल्धुरी भाषामा बोलेका भिडियोले म भाइ’रल भएकी हुँ । टिकटकमा भाइरल भएप’छि म्युजिक भिडियो र बिज्ञापनका लागि अफर आउन्छन्, म्युजिक भिडियो र बिज्ञापनमा अभिनय गरेकी छु । यस्तै, केही म्युजिक भिडियोमा अभिनय गर्ने तयारी गरेकी पनि छिन् ।