गुल्मीका ३० बर्षिय एक युवाको पोर्चुगलमा निधन

जागृति खबर संवाददाता

२४ पुस, पोर्चुगल ।

पोर्चुगलमा पुनः एक पछि अर्को नेपालीको निधन भएको छ। गुल्मी मुसिकोटका बाबुराम घिमिरेको जनवरी ४ तारीखमा असाम’यिक नि’धन भएको हो।

३० बर्षिय घिमिरे विगत ४ बर्षदेखि पोर्चुगल बस्दै आइरहेका थिए। पोर्तोको एक रेस्टुरेन्टमा काम गर्दै आइरहेका घिमिरेको अचा’नक मृ’त्युको खबरले सम्पूर्ण नेपाली समुदाय तथा गुल्मीबासी स्तब्ध भएका छन्।

पोर्चुगलमा कामको सम’स्या, आर्थिक उन्नतिमा बा’धा तथा घरपरिवारको अपेक्षालाई पूरा गर्न नसक्दा कतिपय नेपालीमा नैरा’शयता एवं मान’सिकरुपमा समस्या देखिने गरेको छ।

बाबुरामको हकमा पनि अपेक्षा र आवश्यकता पूरा गर्न नसक्दा उनी आत्मह’त्या सम्म पुगेको हुन सक्ने उनका निकट’स्त साथीहरु बताउछन्। मृ’तकको श’व व्यवस्थापनका सन्दर्भमा गुल्मी समाज पोर्चुगलले आर्थिक सहयोगका लागि विशेष अपिल गरेको छ।

समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालका अनुसार जति सक्दो आर्थिक सहायता जुटाएर शव व्यवस्थापनका लागि तयारी गरिएको छ। सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासिलाई एकताबद्ध भएर सहयोग गर्न विशेष आग्रह गरेका छन्। रकम जम्मा गर्न चाहनेका लागि खाता निम्न रहेको छ। खाता नम्बर : PT50003300004548441239705

यो पनि : गोरखाबाट हराएका चार किशोरी तनहुँमा फे’ला

गोरखा सदरमुकामस्थित एक स्कुलबाट दुई दिनदेखि हरा’इरहेका चार जना किशोरी तनहुँमा मृ’त फेला परेका छन् । गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजारमा रहेको महालक्ष्मी माध्यमिक विद्यालयबाट बिहीबारदेखि हराएका किशोरी हिजो तनहुँमा फेला परेको गोरखाका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले बताए ।

महालक्ष्मी माविमा कक्षा ४ मा अध्ययनरत बारपाक सुलिकोट गाउँपालिका घर भएकी १६ वर्षीया संगिता गुरुङ, कक्षा ५ मा अध्ययनरत शहिद लखन गाउँपालिकाकी १६ वर्षीया सरिता परियार, रौतहट घर भएकी १६ वर्षीया काजल हजारा र कक्षा ६ मा अध्ययनरत लक्ष्मीबजार घर भएकी १३ वर्षीया अस्मिता कुँवर विद्यालयबाट नै हरा’एका थिए ।

किशोरीहरू विद्यालयबाट सम्पर्कविहीन भएपछि विद्यालयले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो । घटनाको अनुस’न्धान भइरहेको प्रहरीले जनाएको छ ।