नेपालबाट आफ्ना छोराबुहारी भेट्न अस्ट्रेलिया पुग्नुभएकी आमाको सिड्नीमा निधन

जागृति खबर संवाददाता

काठमाडौ ।

नेपालबाट सिड्नीमा छोराबुहारी भेट्न आउनुभएकी एक ७३ वर्षिया आमाको हृदयघा’ तबाट नि’ धन भएपछि अस्पताल खर्च र नेपाल शब पठाउन गो फण्ड मी अभियान सुरु भएको छ । पीडित परिवारका लागि आर्थिक सहयोग जुटाउन छोराले फुटबल खेल्ने बेनी फुटबल क्लबले अभियान सुरु गरेको हो ।

नेपालबाट आमाबुबा सिड्नी आईपुगेको डिसेम्बर ३१ तारिख मै बृद्ध आमालाई हृदयघा’ त भएको थियो । उपचारका क्रममा सिड्नीको कनकड अस्पतालमा
नेपाल श’ ब पठाउन थप १५ हजार लाग्ने भएकाले ३० हजार डलर संकलनका लागि गो फण्ड मी अभियान चलाईएको बताइएको छ ।मृ’ तकका छोराबुहारी टिआर भिषा अर्थात् विद्यार्थी भिसामा रहेका कारण आर्थिक समस्यामा परेका छन् । उनका छोरा सन्जिब कार्की फुटबल खेलाडी हुन् ।

विज्ञहरुले यो घटना पाठ भएको भन्दै स्वास्थ्य विमा गराएर मात्र बोलाउन सुझाव दिएका छन् । ब्रिजवेनमा रजिष्ट्रर्ड माईग्रेसन एजेन्ट नारायण कोईरालाका अनुसार ७० वर्ष कटेकालाई अष्ट्रेलिया आउदा भिजिटर स्वास्थ्य बिमा गर्दा मेडिबैंक उपयोगी रहेको छ ।

अन्य समाचार: चिसोमा सुरक्षित रहन प्रशासनको आग्रह, मनाङ– हिमाली जिल्लामा हिमपात नभए पनि अत्यधिक चिसो बढेकाले सुरक्षित रहन आग्रह गरिएको छ । चिसो बढेसँगै जिल्ला प्रशासन मनाङले सूचना जारी गरी सुरक्षित रहन आग्रह गरेको छ । जाडोयाममा चिसोबाट जोगिन न्यानो कपडा लगाउन तथा जोहो गर्न र हिमपात तथा अत्यधिक चिसोको समयमा घरबाहिर लामो समय नबस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनालले बताए।

उनका अनुसार हिमपातको समयमा न्यानो कपडा, सिरक, कम्बलजस्ता कपडाको प्रयोग गर्न अनुरोध गरिएको छ । हिमपातको समयमा चिसो बढ्ने तथा अत्यधिक हुरी-बतास चल्ने भएकाले न्यानो भएर बस्न सुझाव दिइएको उनले बताए । हिमपातपश्चात् हिम पहिरा जान सक्ने भएकाले त्यस्ता सम्भावित जोखिमयुक्त क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ ।

चिसोमा बालबालिका, वृद्धवृद्धा तथा गर्भवती महिलाको विशेष ध्यान राख्न र हिमपातको समयमा घरेलु पशुपन्छीलाई सकेसम्म बाहिर खुला नछाड्न सूचित गरिएको छ । पशुपन्छीलाई गोठ तथा टहरामा राखेर घाँस, पराल तथा दाना दिने व्यवस्था गर्न भनिएको छ ।

चिसो मौसममा कोभिड-१९ को नयाँ भेरियन्टको सङ्क्रमण बढ्न सक्ने हुँदा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न भनिएको छ । बिरामी परेमा तत्कालै नजिकको स्वास्थ्य संस्थामा गई उपचारको पहुँचमा पुग्न सुझाव दिइएको प्रजिअ खनालले बताए ।