चिसोमा किन सुन्निन्छन् हात खुट्टाका औँला ? यसरी गर्नुस् उपचार

जागृति खबर संवाददाता

काठमाडौं ।

चिसो बढेसँगै धेरै मानिसको शरिरमा विभिन्न किसीमको समस्या देखा पर्न थाल्छ । चिसोमा देखिने छाला सम्बन्धी विभिन्न समस्यामध्ये हात खुट्टाको औँला सुन्निने समस्या एक हो।

अत्याधिक चिसोका कारण धेरैको यो समयमा हात खुट्टाको औँला रातो हुने, चिलाउने, दुख्ने र सुन्निने हुन्छ। चिसोबाट हुने यस्ता खालका समस्या हेर्दा सामान्य देखिएपनि समयमै ख्याल नगरे जटिल रुप लिन सक्छ ।

समयमै गरिएको उपचार र रोकथामका उपायले यो समस्या निको हुन्छ। तर समयमै उपचार नगर्दा पिप जम्ने र घाउ पाकेर अपरेशन समेत गर्नुपर्ने हुनसक्छ ।
यो कस्तो रोग ?
– चिसो मौससममा हात खुट्टाको औँला सुन्निनु छाला सम्बन्धी आम समस्या हो। – यो समस्या महिलाहरुमा बढी देखिन्छ। – मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल भएका, चुरोट तथा सुर्तिजन्य पदार्थको बढी प्रयोग गर्नेमा यो समस्या देखिन्छ। – चिसोमा रक्तनलीहरु साँघुरिने भएकाले औँलाहरु रातोपना आउने, पोल्न थाल्ने, चिलाउने हुन्छ।

यसरी गर्नुहोस उपचार ?
– वर्षेनी यो समस्याले सताउने गरेको छ भने चिसो सुरु हुने बित्तिकै रोकथामका उपाय अपनाउनुपर्छ। – धेरै चिसो पानी नचलाउने, औँलाहरुलाई न्यानो बनाएर राख्नुपर्छ। – सही उपचार गरिएन भने यो दुई महिनामा बढ्दै जान्छ। – औँला सुन्निने समस्या भएकाले हिटर तथा आगोमा सेकाउने गर्नु हुँदैन।

– मनतातो पानीमा नुन हालेर सेकेमा दुखाई र सुन्नाई कम गर्छ।– प्रशस्त मात्रा झोलिलो पदार्थ खानुपर्छ।– चिसोमा हात खुट्टाका औँलाहरु चलाइरहने र मसाज गरिरहनुपर्छ।– बाथ रोग भएकाहरुलाई पनि यो समस्याले वर्षेनी सताउन सक्छ।– लगातारको हिटरको प्रयोगले पनि छालालाई सुख्खा हुने, आँखा पोल्ने, ओठ फुट्ने समस्या हुन्छ।

– हिटरको प्रयोग गर्दा कोठामा हावाको राम्रो आवतजावत हुनुपर्दछ।– एउटै बाक्लो कपडा लगाउनु भन्दा धेरै लेयर भएका कपडा लगाउँदा शरीरलाई बढी न्यानो हुन्छ।– छालालाई सुख्खा हुन नदिन मोस्चराइजर, नरिवल, ओलिभ ओयल लगाउन सकिन्छ।– औँला सुन्निने समस्या निको नभए चिकित्सकको परामर्शमा जानुपर्छ।