डलर अर्बपतिलाई काँग्रेस सरकारमा मन्त्री बन्न बाटो खुल्यो

जागृति खबर संवाददाता

८ मंसिर, काठमाडौं ।

डलर अर्बपति तथा नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका विनोद चौधरी विजयी भएका छन् । नेपाली काँग्रेसको तर्फबाट उठेका चौधरीले २३ हजार ८६१ मत ल्याएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी हृदयेश त्रिपाठीले १८ हजार २२१ मत प्राप्त गरेका छन् । चौधरी र त्रिपाठीबीच ५ हजार ६४० मतको अन्तर देखिएको छ ।

काँग्रेस नेतृत्वमा नयाँ सरकार गठन भएको अवस्थामा चौधरीलाई मन्त्री बन्न बाटो खुलेको बताइन्छ । उनको चाहना अर्थ,उद्योग वा आपूर्ति मन्त्रालय रहेको निकटस्थहरुले बताएका छन् ।

नुवाकोट–१ को प्रदेशसभा (२ )मा कांग्रेसका महत
नुवाकोटको प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ अन्तर्गतको प्रदेशसभा सदस्य (२) मा नेपाली कांग्रेसका रमेशकुमार महत विजयी हुनुभएको छ ।

लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवार महतले नेकपा (एमाले)का उम्मेदवार पूर्णलाल श्रेष्ठलाई एक हजार आठ सय ८९ मतले पछि प्रदेशसभा सदस्यको यात्रा तय गर्नुभएको हो । महतले तेह्र हजार सात सय २७ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी श्रेष्ठले ११ हजार आठ सय ३१ मत प्राप्त गर्नुभएको थियो ।

प्रदेशसभा सदस्यका लागि एक स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएका थिए । तीमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टीका विमल थापाले तीन हजार ९२, जनता समाजवादी पार्टी नेपालका रामकृष्ण ढकालले तीन सय १७, हाम्रो नेपाली पार्टीका दिपेश ढुङ्गानाले नौ सय १६, राष्ट्रिय प्रजातनत्र पार्टी नेपालका केदारप्रसाद पौडेलले एक सय १५ मत प्राप्त गर्नुभएको छ ।

यस्तै मङ्गोल नेशनल अर्गनाइजेशनका दिपेश राईले चार सय ६५, नेश्रलिष्ट पिपल्स पार्टी पिपल्स पार्टीका रमेश सुनारले ५९ र स्वतन्त्र उम्मेदवार डोलबहादुर घलेले एक सय ७८ मत प्राप्त गर्नुभएको छ ।

उक्त निर्वाचन क्षेत्रमा ६१ हजार दुई सय ९३ मतदाता रहेकामा मङ्सिर ४ को निर्वाचनमा ३२ हजार दुई सय ५७ मतदाताले मतदान गरेका थिए । निर्वाचनमा खसेको कूल मतमध्ये ३० हजार सात सय मत सदर र एक हजार ५५७ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।