निर्वाचन अपडेट : अहिलेसम्म ६२ ठाउँको नतिजा आयो: कसले कहाँ जिते ?

जागृति खबर संवाददाता

८ मंसिर, काठमाडौं ।

प्रतिनिधिसभाको जारी मतगणनामा बुधबार मध्यरातसम्म ६२ सिटको अन्तिम परिणाम सार्वजनिक भएको छ।

सार्वजनिक भएको मतपरिणामअनुसार अहिलेसम्म सबभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। कांग्रेसले २५ सिट जित्दा नेकपा एमाले १२ स्थानमा जितेर दोस्रो स्थानमा छ।

माओवादी केन्द्रले ७ क्षेत्रमा जित हात पारेको छ भने नेकपा एकीकृत समाजवादीले ६ र राष्ट्रिय स्वतन्त्र पार्टीले ४ क्षेत्रमा जित हासिल गरेको छ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट र नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एक-एक ठाउँ जित निकालेका छन्। यसबाहेक एक स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कसले कहाँ जिते, हेर्नुस् सूची:

नेपाली कांग्रेस

१) काठमाडौं-१: प्रकाशमान सिंह २) काठमाडौं-३: सन्तोष चालिसे ३) काठमाडौं-४: गगन थापा ४) काठमाडौं-५: प्रदीप पौडेल ५) काठमाडौं-१०: राजन केसी ६) मनाङ- टेकबहादुर गुरूङ ७) मुस्ताङ: योगेश गौचन ८) तनहुँ-२: शंकर भण्डारी ९) सुर्खेत-२: हृदयराम थानी १०) ललितपुर-१: उदयशमशेर राणा ११) पर्सा-४: रमेश रिजाल १२) डडेल्धुरा: शेरबहादुर देउवा १३) रसुवा: मोहन आचार्य १४) ओखलढुंगा: रामहरि खतिवडा

१५) झापा-१: विश्वप्रकाश शर्मा१६) पर्सा-२: अजयकुमार चौरसिया१७) अछाम-२: पुष्प शाह१८) कञ्चनपुर-३: रमेश लेखक१९) दार्चुला: दिलेन्द्रप्रसाद बडू२०) कैलाली-४: वीरबहादुर बलायर२१) गोरखा-१: राजेन्द्र बजगाइँ२२) म्याग्दी: खमबहादुर गर्बुजा२३) कञ्चनपुर-२: एनपी साउद२४) भक्तपुर-२: दुर्लभ थापा क्षत्री२५) दैलेख-२: दिक्पालकुमार शाही

नेकपा एमाले

१) ललितपुर-२: प्रेमबहादुर महर्जन२) काठमाडौं-९: कृष्णगोपाल श्रेष्ठ३) उदयपुर-२: डम्बरबहादुर रायमाझी४) गुल्मी-२: गोकर्ण बिष्ट५) ताप्लेजुङ: योगेश भट्टराई६) झापा-५: केपी ओली७) झापा-२: देवराज घिमिरे८) पर्सा-३: राजकुमार गुप्ता९) अर्घाखाँची: टोपबहादुर रायमाझी१०) प्यूठान: सूर्य थापा११) लमजुङ: पृथ्वीसुब्बा गुरूङ१२) मकवानपुर-२: महेशकुमार बर्तौला

माओवादी केन्द्र

१) सिन्धुली-२: लेखनाथ दाहाल२) रूकुम पूर्व: पूर्णबहादुर घर्ती३) बाग्लुङ-२: देवेन्द्रराज पौडेल४) सिन्धुपाल्चोक-१: माधव सापकोटा ‘सुबोध’५) रोल्पा: वर्षमान पुन६) जाजरकोट: शक्ति बस्नेत७) गोरखा-२: पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)

१) अछाम-२: शेरबहादुर कुँवर२) बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’३) बझाङ: भानुभक्त जोशी४) डोटी: प्रेम आले५) दैलेख-१: अम्मरबहादुर थापा६) सल्यान- प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी

१) काठमाडौं-८: विराजभक्त श्रेष्ठ२) काठमाडौं-२ : सोविता गौतम३) काठमाडौं-७: गणेश पराजुली४) काठमाडौं-६: शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी१) बाँके-२: धवलशमशेर राणा२) जुम्ला: ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी१) कैलाली-३: गंगाराम चौधरीजनमत पार्टी१) सप्तरी:२- सिके राउतजनता समाजवादी पार्टी (जसपा)१) पर्सा-१: प्रदीप यादवलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)१) रूपन्देही-४: सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा१) बाग्लुङ-१: चित्रबहादुर केसीस्वतन्त्र१) बर्दिया-२: लालवीर चौधरी