मलेसियाको विस्ट्रोनले शून्य लागतमा १ हजार नेपाली लैजाने, तलब ३२ सय रिंगेट हुने..

जागृति खबर संवाददाता

काठमाडौं ।

विश्वका १० भन्दा बढी देशमा आफ्नो उत्पादनका लागि उद्योग स्थापना गरेको यो बहुराष्ट्रिय विस्ट्रोन कम्पनीले २०१९ देखि मात्रै मलेसियाको पोर्टकिआङ र पेटालिङमा उद्योग स्थापना गरेको छ ।

यो कम्पनीमा कार्यरत श्रमिकले १५ सय न्यूनतम तलबसहित २४ सय २१ रिंगेट (करिब ७० हजार रुपैयाँ) पाउनेछन् ।

काम सिकेपछि भने मासिक रूपमा सेवासुविधासहित ३ हजार दुई सय २३ रिंगेट (करिब ९० हजार रुपैयाँ) पाउनेछन् । ‘हामीले कुनै श्रमिकमाथि भेदभाव गर्दैनौं । सीप सिकेपछि तलब, सेवासुविधा बढ्दै जान्छ,’ चोङले भने ।

‘मलेसियामा उद्योग स्थापना गरेदेखि नै नेपाली लैजान थालेका हौं,’ पत्रकार सम्मेलनमा विस्ट्रोनका उपमहाप्रबन्धक चोङले भने, ‘उद्योगलाई चाहिने जनशक्ति नेपालबाटै लैजानेछौं ।’

सम्झौताअनुसार पहिलो चरणमा आकर्षणले १ सय ५० जना महिला र ६० पुरुष तथा लालधनुषले १ सय ७५ महिला र ७५ पुरुष पठाउने सम्झौता भएको छ ।

यी श्रमिकको छनोट गर्न विस्ट्रोनले बुधबार र बिहीबार काठमाडौंमा अन्तर्वार्ता गर्दै छ ।

विस्ट्रोन कम्पनीका तर्फबाट उपमहाप्रबन्धक डेभिड तावोन चोङले आकर्षणका प्रमुख कार्यकारी निर्देशक विष्णु केसी र लालधनुषका प्रमुख आङ नेवाङ शेर्पासँग शून्य लागतमा श्रमिक पठाउन सम्झौता गरेका हुन् ।

यसअघि मलेसियाका कम्पनीले शून्य लागतमा श्रमिक लैजाने दाबी गरे पनि नेपालमै आएर सार्वजनिक रूपमा म्यानपावर कम्पनीसँग सम्झौता गरेका थिएनन् । विस्ट्रोनले पहिलो चरणमा ४ सय ५० जना लैजाने भएको छ, जसमा ३ सय २५ जना महिलाको कोटा छ ।

हाल मात्रै विस्ट्रोन कम्पनी र नेपाली दुई मेनपावर कम्पनी बिच कामदार लैजाने सम्झौता भएको छ । सम्झौता अनुसार कम्पनीले नेपालबाट आवश्यक जनशक्ति शून्य लागतमा मलेसिया लैजाने छ ।