के राति सुत्दा मुखबाट र्‍याल चुहिन्छ ? सावधान हुनसक्छ यस्तो बिमारीको संकेत !

जागृति खबर संवाददाता

काठमाडौं ।

मुखको र्याल् भोजनको पाचन प्रणलीको लागी महत्वपूर्ण मानिन्छ। र्‍याल मा एमाइलेज नामक पाचक पाइन्छ जोसले भोजनम उपस्थित स्टार्चलाई सर्करामा बदलदिन्छ। हेर्दै रसिलो, झरिलो, स्वादिलो खानेकुरा देख्नै हुन्न, हाम्रो मुखमा पानी आइहाल्छ। आफूलाई मन परेको खानेकुरा देख्नासाथ हामीमध्ये धेरैको मुखबाट पानी निस्कने गर्छ।

मिठो खानेकुरा वा अमिलो, पिरो खानेकुरा देख्दा मुखबाट पानी आउनु अनौठो कुरा पनि भएन। तर कतिपय मानिसहरुको मुखबाट अनायासै र्‍याल आउने गर्छ। चाहे त्यो सुत्दा होस् वा कुनै खानेकुरा देख्दा होस्। अझ बच्चाहरुको मुखबाट त अझै बेस्सरी र्‍याल निस्कने गर्छ।

यस्तो विशेषगरी सुतेको समयमा हुन्छ, जसलाई चिकित्सकीय भाषामा ‘ड्रोलिङ्ग’ पनि भनिन्छ। यो समस्या कुनै पनि उमेर समूहमा देखा पर्न सक्छ। र, यसकै कारण धेरैलाई समस्या पर्नसक्छ।

जाडोमा किन बारम्बार पिसाब लाग्छ ? ५ कारण जान्नुहोस्
हुन त जसले धेरै पानी पिउँछ उसैलाई बारम्बार पिसाब लाग्न सक्छ । तर चिसो मौसम सुरु भएसँगै धेरैजसो मानिसले बारम्बार पिसाब लाग्ने गुनासो गर्छन् । कतिपयलाई हरेक मौसममा बारम्बार पिसाब लाग्ने गर्छ, यो कुनै न कुनै मेडिकल अवस्थाको कारण हुन सक्छ । तर कतिलाई भने चिसो मौसम सुरु हुने बित्तिकै अलि बढी नै शौचालय जानुपर्ने हुनसक्छ । यस्तो किन भएको होला त, यसबारे जानकारी लिऔँ ।

जाडोमा बारम्बार पिसाब लाग्नुका कारण

१. रक्त प्रवाह बढ्नु

जाडोमा बारम्बार वा धेरै पिसाब लाग्नुको मुख्य कारण रगतको प्रवाह बढ्नु पनि हो । वास्तवमा हाम्रो शरीरलाई ३६–३७ डिग्री तापक्रममा बस्ने बानी छ । तर जाडोमा तापक्रम घट्दै जाँदा रक्तनलीहरू साँघुरो हुन थाल्छ । यस्तो अवस्थामा अंगहरूमा रगत प्रवाह र दबाब बढ्छ । जब रगत मृगौलासहित अन्य महत्वपूर्ण अंगहरूमा जान्छ, मृगौलाले रगत फिल्टर गर्न लामो समय लिन सक्छ । किनभने रगतको प्रवाह बढी हुँदा मिर्गौलाले रगतलाई बढी फिल्टर गर्नुपर्छ । यस्तो अवस्थामा, तपाईंलाई बारम्बार पिसाब लाग्न सक्छ ।

२. पसिना कम आउनु
गर्मीमा हामी धेरै पानी पिउने गर्छौं तर जाडोको तुलनामा कम शौचालय जानुपर्छ । गर्मी मौसममा हामीले पिउने पानी पनि पसिनाबाट बाहिर निस्कने भएकाले यस्तो हुन्छ । यस्तोमा कमै पिसाब आउँछ । तर जाडोमा पसिना नआएपछि हामीले खाएको सबै पानी पिसाबबाट बाहिर निस्कन्छ । पसिना कम आउँदा पनि जाडोमा बारम्बार पिसाब लाग्ने गर्छ ।
३. रगत फिल्टर गर्न आवश्यक

कम तापक्रममा, मृगौलाले अलि बढी नै रगत फिल्टर गर्नुपर्छ त्यसैले पनि पिसाब बढी नै आउँछ ।

४. डायरेसिस

डायरेसिसस पनि बारम्बार पिसा लाग्नुको एउटा कारण हुनसक्छ । डायरेसिसको स्थितिमा शरीरबाट पानी त बाहिर निस्कन्छ, यसका साथै नुन र मिनरल्स पनि बाहिर निस्कन थाल्छ । यो स्थितिमा व्यक्तिलाई कमजोर महसुस हुनसक्छ । डायरेसिसको समस्या त्यतिबेला बढ्छ जब चिसो मौसमको आगमन हुन्छ । अर्थात्, चिसो मौसममा कम तापक्रमका कारण डायरेसिसको लक्षणमा वृद्धि हुनसक्छ र बारम्बार पिसाब आउन सक्छ ।

५. मृगौला संक्रमण र मधुमेह

यी बाहेक मिर्गौलाको संक्रमण र मधुमेह पनि बारम्बार पिसाब लाग्नुको प्रमुख कारण हुनसक्छ । मृगौला संक्रमण र मधुमेह भएको अवस्थामा भने सबै मौसममा बारम्बार पिसाब लाग्न सक्छ । तर जाडोमा यसको समस्या बढ्न सक्छ ।