ह्वातै बढ्याे रियल, दिराम र रिंगेट को भाउ, अरुदेशको भाउ यस्तो ?

जागृति खबर संवाददाता

१८ कात्तिक, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक गरेको छ। बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ९९ पैसा र बिक्रीमा १२९ रुपैयाँ ५७ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४७ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८३ रुपैयाँ १४ पैसा र बिक्रीमा ८३ रुपैयाँ ५१ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ०७ पैसा र बिक्रीमा ९६ रुपैयाँ ५० पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३६ रुपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ३७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रुपैयाँ ०३ पैसा र बिक्रीमा ३६ रुपैयाँ १९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २७ रुपैयाँ ८९ पैसा र बिक्रीमा २८ रुपैयाँ २ पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ११ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ०४ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ६२ पैसा तोकिएको छ।

भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण
भरतपुर अस्पतालमा आकस्मिक भवन निर्माण गरिएको छ । उक्त भवनको बिहीबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले उद्घाटन गर्नुभयो ।

प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्रमुख भएपछि पहिलो निर्णय भरतपुर अस्पतालमा उपचारका लागि आउने महिलाका लागि ओपिडी टिकट निःशुल्क गरेको बताउनुभयो । उहाँले भरतपुर अस्पताललाई शिक्षण अस्पताल बनाउनुपर्नेमा जोड दिँदै सङ्घीय सरकारको आगामी वर्षको बजेटमा समावेश गर्नका लागि आफ्नोतर्फबाट पहल गर्ने बताउनुभयो । प्रमुख दाहालले भरतपुर अस्पतालको समग्र विकासका लागि महानगर निरन्तर लागिरहेको भन्दै ढल निकास र बर्थिङ सेन्टरका लागि छलफल भइरहेको जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले सङ्घीय सरकारलाई देखाउने राम्रो अस्पताल भरतपुर अस्पताल भएको बताउनुभयो । सङ्घीय अस्पताल भएर पनि भरतपुर अस्पताल सङ्घ र स्थानीय पालिकाको समन्वयमा चलेको भन्दै उहाँले नवनिर्मित आकस्मिक भवनमा ६० शय्या पु¥याउनुपर्ने बताउनुभयो । पचास शय्या सञ्चालनको तयारीमा रहेको आकस्मिक कक्षमा थप १० शय्या विस्तारका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

अस्पतालमा एमआरआइका लागि आवश्यक प्रक्रिया मन्त्रालयले पूरा गरिसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालको फोहर व्यवस्थापनका लागि रु दुई करोड ५० लाख निकासा गरिने पोखरेलको भनाइ छ । उहाँले भन्नुभयो, “भरतपुर अस्पतालको विकासका लागि आवश्यक काम गर्न हामी तयार छौँ ।”

कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बहिरङ्ग सेवा (ओपिडी)का विषयमा धेरै गुनासो आउने गरेको भन्दै जनशक्ति मुख्य समस्याका रूपमा रहेको बताउनुभयो । उहाँले बिमाका कारणले बिरामीको चाप बढेको बताउनुभयो । उहाँले दैनिक एक हजार सात सय हाराहारी बिरामीको चाप थेग्नुपरेको उल्लेख गर्दै बिहान १० बजेदेखि नै पेइङ क्लिनिक सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।

विसं २०१३ मा बनेको अस्पतालमा नयाँ आकस्मिक भवन बनेको हो । नयाँ आकस्मिक भवनमा हाल ३५ शय्या सञ्चालनमा छन् । केही समयपछि नै ५० शय्यामा सञ्चालन गरिने भएको छ । नयाँ भवनमा आकस्मिक प्रयोगशाला, एक्सरे, शल्यक्रिया कक्षसहितको व्यवस्था छ ।