शून्य लागतमा मलेसिया रोजगार, दलाललाई प्रवेश निषेध

जागृति खबर संवाददाता

काठमाडौं ।

उत्कृष्ट तलब सहित फ्रि भिषा फ्रि टिकेट Malaysia मा रोजगारीको अवसर आएको छ । मलेसियाको INTERCONTINENTAL SPECIALTY EATS SDN BHD कम्पनीमा शून्य लागतमा नेपाली श्रमिकको माग आएको हो ।

मलेसियाको उक्त कम्पनीमा मासिक तलब 42,800 सम्म हुने साथै OT को पनि सुविधा छ | Zero Cost लागत सहितको रोजगारी ।वैदेशिक रोजगारमा जान इच्छुक नेपाली नागरिकले सिधा मेनपावर कम्पनीको कार्यालयमा सम्पर्क गर्न सक्नु हुनेछ ।

हेर्नुस् मेनपावर कम्पनीको डिटेल र बिज्ञापन

शून्य लागतमा नेपालमै श्रमिक लिन आउन थाले मलेसियाका कम्पनी, यी कम्पनी नेपालमा आए..
मलेसियाको प्रसिद्ध कम्पनी विस्ट्रोन टेक्नोलोजीले शून्य लागतमा नेपाली कामदार लैजाने भएको छ। सूचना प्रविधि (आइटी) क्षेत्रमा स्थापित यो बहुराष्ट्रिय कम्पनी हो देशका लागि सिप र दक्षता पनि लिएर आउने बताए। नेपाली श्रमिक परिश्रमी र इमान्दार हुने भएकाले आफ्नो पहिलो रोजाइमा परेको उनले सुनाए।

सम्झौतापत्रमा कम्पनीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरेका छन्। पहिलो चरणमा ३१५ महिला र १३५ पुरुष गरी ४५० नेपाली श्रमिक लैजान थालेको डेपुटी जनरल म्यानेजर डेभिडले जानकारी दिए।

ती मध्ये आकर्षण इन्टरनेशनल बाट १४० महिला र ६० पुरुष गरी २०० जनाको कोटा तोकिएको छ। यस्तै लालधनुष इन्टरनेशनलबाट १७५ महिला र ७५ पुरुष गरी जम्मा २५० जना जानेछन्।

नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौं आएको हो। बुधबार र बिहीबार श्रमिक छनोटका लागि फाइनल अन्तर्वार्ता तोकिएको छ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने डेपुटी जनरल म्यानेजर डेभिडले बताए। म्यानजर डेभिडले पत्रकारसँग कुरा गर्दै कम्पनी आकर्षक भएको दावी गरे। आफ्नो कम्पनीमा श्रमिकलाई कुनैखाले भेदभाव नहुने उनको भनाइ छ।

‘हाम्रो कम्पनी बहुराष्ट्रिय कम्पनी हो। यहाँ राष्ट्रियताका आधारमा कुनै पनि श्रमिकलाई भेदभाव हुँदैन। मलेसियन होस्, या नेपाली सबैलाई एउटै व्यवहार हुनेछ,’ उनले भने।

आकर्षण इन्टरनेशनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित छनोटको सुरुआत गरिएको र नमूना म्यानपावर लक्ष्यसहित लागि परेको बताए। उनले आफ्नो कम्पनीमा कुनै बिचौलिया नहुने दावी गर्दै योग्य व्यक्ति शून्य लागतमा मलेसियामा जान सक्ने बताए।

अन्तर्वार्तामा छनोट भएका श्रमिक एक रुपैयाँ पनि नतिरी मलेसिया उड्न सक्ने आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलका प्रतिनिधिले जनाएका छन्। नेपालमा हुने मेडिकल, डकुमेण्ट प्रोसेसिङलगायतका सबै खर्च कम्पनीले नै बेहोरिदिने बताइएको छ।