मलेसियाको पुचोङ तीगा पुलोह केन्द्र मा इमिग्रेसन को छापा !

जागृति खबर संवाददाता

काठमाडौं ।

मलेसियाको अध्यागमन विभाग (JIM) ले २६.०८.२०२२ मा साँझ ०५.०० बजे पुचोङ सेलाङ्गोरमा खुफिया तथा विशेष अपरेशन डिभिजनद्वारा संचालित ओपीएस गेगरमा वेश्यावृत्तिको सिन्डिकेटको पर्दाफास गरेको छ ।

स्थानीय सूचनाका आधारमा अध्यागमन अधिकारीसहित २१ जनाको टोलीले सेलान्गोरको पुचोङमा रहेको एउटा होटल र कन्डोमिनियम युनिट गरी दुईवटा परिसरमा विदेशी महिलालाई वेश्यावृत्तिमा संलग्न भएको आशंकामा छापा मारेको थियो ।

यस अपरेशनमा कुल २७ जना पक्राउ परेका थिए जसमध्ये २५ जना १८ देखि ४७ वर्षका विदेशी महिला थिए । जसमा २० इन्डोनेसियाली महिला, ३ थाई महिला र २ भियतनामी महिला छन् । होटल परिसरको केयरटेकर भएको आशंकामा २ जना स्थानीयलाई पनि पक्राउ गरिएको छ ।

मलेसियामा शुन्य लागतको दवाव
मलेसियामा आप्रवासी श्रमिकको भर्ना शुल्क हटाउने दवाव त्यतिबेला सुरु भयो जव मलेसियाका ग्लोव कम्पनीहरु तथा ईलेक्ट्रोनिक्स कम्पनीहरुमा रोजगारीका लागि जाने श्रमिकहरुले भर्ना शुल्क वापत भुक्तानी गरेको रकम उठाउन नै बाध्यकारी रुपमा श्रम गर्नुपरिरहेको विषय गार्जियनले लगातार उठायो ।

यस सम्वन्धि पूर्व प्रकाशित समाचारः मलेसियाको एक कम्पनीले विदेश जाँदा तिरेको रकम फिर्ता दिन थाल्यो

गार्जियनमा सो समाचार प्रकाशित भएपश्चात संयुक्त राज्य अमेरिकाले सन् २०१९ अक्टोवरमा डव्लुआरपी, टप ग्लोव लगायतका कम्पनीहरुले उत्पादन गरेका ग्लोव लगायतका सामग्री आयातमा बन्देज लगायो । गार्जियनले समाचार प्रकाशन गरेपश्चात सुरुमा मलेसियाले आप्रवासी श्रमिकसँग भर्ना शुल्क नउठाइएको र बाध्यकारी श्रमको अवस्थाको प्रतिवाद गरेको थियो ।

मलेसियाका तत्कालिन मानव संशाधन मन्त्री एम कुलासेगरनले यो मलेसियाको व्यवसाय तहसनहस पार्न फैलाइएको हल्ला भएको भन्दै प्रतिवाद गरेका थिए । तर पछि मलेसिया सरकार यसलाई स्वीकार्दै सन् २०२१ भित्र सोसल अडिट गर्न तयार हुनुपर्यो ।

ग्लोव उत्पादनमा संसारमै ठूला फ्याक्ट्रीहरु रहेको मलेसियाले नै विश्वको कुल मागको ६० प्रतिशत ग्लोव निर्यात गर्दछ । कोेभिड १९ कोे महामारीका कारण ग्लोवको मागमा भएको तिव्र वृद्धिका बीच अमेरिकाले लगाएको बन्देजले संकटमा परेका मलेसियाका ग्लोब कम्पनीहरु सो बन्देज फुकुवा गराउन यसरी आप्रवासी श्रमिकमाथि विगतमा भएको आर्थिक शोषणको समेत हिसावकिताव गर्दै रकम फिर्ता गर्न तयार भएका हुन् ।

श्रमिक माथि चर्को आर्थिक शोषण भएको र बाध्यकारी श्रममा संलग्न गराएको आरोपमा बन्देज सुरु भएपश्चात यसअगाडी नै डव्लुआरपी, टपग्लोव, हार्टालेगा लगायतका कम्पनीहरुले श्रमिकले रोजगारी भर्ना प्रकृयामा तिरेको रकम किस्तावन्दीमा फिर्ता गर्न थालेका छन् । महामारीका कारण ग्लोवको बढ्दो माग र कम्पनीहरुले रकम फिर्ता गर्न थालेपछि अमेरिकाले गत मार्चमा ति कम्पनीहरुको उत्पादन आयातमा लगाउँदै आएको बन्देज फुकुवा गरेको छ, यद्यपी श्रमिकलाई फिर्ता गर्ने रकमको किस्ता अत्यन्त थोरै भएको र उनीहरुले आफूले तिरेको रकम फिर्ता लिन बर्षौं लाग्ने भन्दै श्रमिकको अधिकार पक्षमा कार्यरतहरुले भनें यसमा असन्तुष्टि जनाउँदै आएका छन् ।

हाल टप ग्लोव, हार्टालेगा, डव्लुआरपी लगायतका ग्लोव कम्पनीहरुले करोडौं रकम ति कम्पनीमा कार्यरत श्रमिकहरुलाई फिर्ता गर्नुपर्ने देखिएको छ । ति कम्पनीहरुले फिर्ता गर्नुपर्ने रकम यकिन गरेर किस्तावन्दीमा रकम फिर्ता गर्न थालेका छन् । टप ग्लोवका ४६ वटा फ्याक्ट्री रहेका छन् जसमध्ये अधिकाँश मलेसियामा सञ्चालित छन । मलेसियाका टप ग्लोव, हार्टालेगा र कोसान गरी तीनवटा ठूला ग्लोव कम्पनीहरुमा गरेर ३४ हजार श्रमिक कार्यरत छन् । ति कम्पनीहरुमा नेपाल, बंगलादेश, म्यानमार, ईण्डोनेशिया लगायतका मुलुकका श्रमिक कार्यरत छन् ।