अमेरिकी डलरको भाउमा नयाँ रेकर्ड, एक डलरको कति ?

जागृति खबर संवाददाता

३० असोज, काठमाडौं।

अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार (असोज ३० गते) १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०७ पैसा कायम भएको छ ।

यस्तै, खरिददर पनि १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ । जुन हालसम्मकै उच्च विन्दु हो । यसअघि शुक्रबार असोज २८ गते १ डलरको भाउ (बिक्रीदर) १३२ रुपैयाँ ०६ पैसा र खरिददर १३१ रुपैयाँ ४६ पैसा कायम भएर हालसम्म कै उच्च विन्दुमा पुगेको थियो ।

पछिल्लो समय डलर मजबुत बन्दा अन्य मुद्राहरुमा दबाब परेको छ । डलरको तुलनामा भारतीय मुद्रा (भारु) पनि इतिहासकै कमजोर बनेको छ । भारुसँग नेरुको स्थिर विनिमय दर कायम

भएकाले भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । विशेषगरी, अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले मूल्यवृद्धि नियन्त्रणका लागि ब्याजदरमा निरन्तर वृद्धि गरेपछि डलर मजबुत बनेको छ ।

यसले विकासशील राष्ट्र तथा नेपाल जस्ता आयातमुखी अर्थतन्त्र भएका देशहरुको अर्थतन्त्रमा दबाब सिर्जना गरेको छ । डलर मजबुत बन्दा निर्यात महँगो पर्छ भने वैदेशिक ऋणको लागत पनि बढ्छ । तर विदेशबाट रेमिटेन्स पठाउनेलाई भने फाइदा हुन्छ ।

आज देखि पिपुल्स पावर र सयपत्री हाइड्रोको आईपियो कारोबारमा आउने,ओपनिङ्ग रेञ्ज कति ?
आज नेप्सेमा २ कम्पनीको शेयर कारोबार सुरु हुने भएको छ।आज नेप्सेमा सयपत्री हाइड्रोपावर र पिपुल्स पावरको शेयर स्पेसल प्रि -ओपन सेसनमा कारोबार भएमा दोस्रो बजारमा कारोबार सुरु हुने छ ।

बिहिबार सयपत्री हाइड्रोपावर कम्पनीको ३० लाख कित्ता साधाधारण शेयर सूचीकृत भएको हो भने पिपुल्सको ६३ लाख २६ हजार कित्ता शेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो।

पिपुल्स पावरले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सर्वसाधारणमा आईपीओ जारी गरेको थियो । कम्पनीले इलाम जिल्लाको इलाम नगरपालिका-१ र ४ मा पुवा खोलाको पानीबाट ४ दशमलव ९६

मेगावाट क्षमताको पुवा-२ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु. ९४ दशमलव ९६ देखि अधिकतम रु. २८४ दशमलव ८८ सम्मको मूल्य रेञ्ज तोकिदिएको छ ।

त्यस्तै सयपत्री हाइड्रोपावर ६ लाख कित्ता सर्वसाधारणको लागि, ३ लाख कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि र २१ लाख कित्ता संस्थापकहरूको लागी गरेर कुल ३० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. ६४ दशमलव ९६ देखि १९४ दशमलव ८८ ओपन रेञ्ज तोकेको छ ।सयपत्री हाइड्रोपावरले SPHL कारोबार संकेत पाएको छ भने पिपुल्स पावरले PPL कारोबार संकेत पाएको छ।