डलर हालसम्मकै महंगो, बढ्यो रियल, रिंगेट, दिरामको भाउ,कति पुग्यो हेर्नुहोस !

जागृति खबर संवाददाता

१० असोज, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२९ रुपैयाँ ०८ पैसा र बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ५७ पैसा र बिक्रीमा १२८ रुपैयाँ १६ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०२ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ६७ पैसा र बिक्रीमा ८६ रुपैयाँ ०७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९५ रुपैयाँ ८४ पैसा र बिक्रीमा ९६ रुपैयाँ २९ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ३३ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३४ रुपैयाँ ४७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ १४ पैसा र बिक्रीमा ३५ रुपैयाँ ३१ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बिहीबार २८ रुपैयाँ २६ पैसा र बिक्रीमा २८ रुपैयाँ ४० पैसा पाइन्छ।

बिहीबार कुवेती दिनार एकको खरिदमा ४१७ रुपैयाँ ०३ पैसा र बिक्रीमा ४१८ रुपैयाँ ९७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४२ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३४३ रुपैयाँ ९८ पैसा तोकिएको छ।

१६.२९ गुणा बढी आवेदन परेको सिक्लेस हाइड्रोको आईपीओ बाँडफाँड
काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्कासन गरेको आईपीओ असोज ११ गते भोलि बाँडफाँड हुने भएको छ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार भोलि बिहान ९ बजे शेयर बाँडफाँड हुनेछ ।

कम्पनीको आईपीओमा १५ लाख ३८ हजार ८३८ वटा आवेदनबाट १ अर्ब ७२ करोड ४४ लाख ३८ हजार रुपैयाँ बराबरको १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्कासन गरेको १० लाख ५८ हजार कित्ता शेयरको १६.२९ गुणा बढी हो । कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ११ लाख ५० हजार कित्ता शेयर निष्कासनमा ल्याएको हो ।

त्यसमध्ये ३४ हजार ५०० कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र ५७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरूमा बाँडफाँड गरिएको छ । बाँकी १० लाख ५८ हजार कित्ता शेयर मात्रै सर्वसाधारणको लागि वितरण हुनेछ ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्यनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ३ कम्पनीको शेयर पाउनेछन् ।