आज एकैदिन १७ जना मृत अवस्थामा फेला

जागृति खबर संवाददाता

६ असोज, तनहुँ ।

बन्दिपुर गाउँपालिका-४ बिमलनगरस्थित गोर्खा तनहुँ जोड्ने पक्कीपुल मुनी मर्स्याङदी नदीमा हाल नाम, थर, वतन नखुलेका व्यक्ति बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी तनहुँ, बन्दिपुर गाउँपालिका-१ पिप्लेस्थित प्रतिक्षालयमा लमजुङ भकुण्डे घर बताउने ५० वर्षीय निर्मल अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन् ।

झापा, शिवसताक्षी नगरपालिका-१० टेक्रास्थित माईखोलामा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१ त्रिवेणी चोकस्थित छोरीको घरमा बस्दै आएका कन्चनपुर कृष्णपुर नगरपालिका-८ रैकवार बिचुवा घर भएका ७४ वर्षीय धन सिंह जेठारा बुधबार घर पछाडि झाडीमा मृत अवस्थामा फेला परेका छन् । मंगलबार साँझदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

यता कपिलबस्तुको शुद्धोधन गाउँपालिका-२ कर्माहवा बस्ने २२ वर्षीय रिमा यादव र उनकै ६ महिनाको छोराको आफ्नै घरदेखि करिब २५ मिटर पूर्व रहेको सार्बजनिक पोखरीमा डुबेर बुधबार बिहान मृत्यु भएको छ ।

उनीहरूको पोखरीमा डुबेर मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पकडी र प्रहरी चौकी लबनीबाट खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

उता दाङ, लमही नगरपालिका-६ देउपुर बस्ने नुमा भण्डारीको ६ वर्षीय छोरा रोहित भण्डारीको आफ्नै घर नजिकैको कुलोमा डुबेर मंगलबार दिउँसो मृत्यु भएको छ । खेल्ने क्रममा उक्त कुलोमा डुबेर अशक्त भएका उनको तुलसी बाल अस्पताल लमहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

उदयपुर, त्रियुगा नगरपालिका-३ स्थित त्रियुगा खोलामा नुहाउने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीया लक्ष्मी सदाको मंगलबार दिउँसो मृत्यु भएको छ ।

यसैगरी धादिङ खनियाबास गाउँपालिका-२ कोखिम बस्ने गेवा पासाङ तामाङको १७ वर्षीय छोरा सन्देश तामाङको मंगलबार दिउँसो चट्याङ लागेर मृत्यु भएको छ ।

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१७ भ्युटावरस्थित नारायणी नदी बीचको भंगालोमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

धनुषा, मिथिला बिहारी नगरपालिका-५ ललिया बस्ने ४५ वर्षीया जिबछी देवी मण्डल आफ्नै बाँसघारीमा मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

सुर्खेत, पंचपुरी नगरपालिका-५ तिखाकुनास्थित तिखाखोलामा सोही नगरपालिका-११ बस्ने ४० वर्षीया तुल्सी बिक मंगलबार मृत अवस्थामा फेला परेकी छन् ।

कैलाली, गोदावरी नगरपालिका-१२ शान्तीनगर बस्ने २६ वर्षीय मदन बडैला आफ्नै घरको आँगनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

सोलुखुम्बु, खुम्बुपासाङल्हामु गाउँपालिका-१ थामडाँडास्थित लुक्ला-पैया जाने पैदल बाटोमा माप्य दुधकोशी गाउँपालिका-१ बस्ने ४७ वर्षीय अलवा शेर्पा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

यता बर्दिया, मधुवन नगरपालिका-५ गाउँ नम्बर १० बस्ने ४२ वर्षीय हर्क बहादुर नेपालीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरको विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाईते भएका उनको अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

चितवन, राप्ती नगरपालिका-९ सितलटोल बस्ने ७५ वर्षीय राम बहादुर सार्कीको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा बत्तीको स्विच अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, अर्जुनधारा नगरपालिका-१० कालीझोडा बस्ने २७ वर्षीय ईन्द्र चेम्जुङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ । सोही ठाउँस्थित सेती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।