यस्तो रैछ टुकुचा खोला लुकाउनु को खास कारण एक पटक अबस्य पड्नुहोला

जागृति खबर संवाददाता

काठमाडौं ।

आज भन्दा 150 वर्ष अघी 1930 मा त्यो टुकुचा खोला लुकाउने पैसा ले काठमाडौंको कुन ठाउँमा कती जग्गा आउँथ्यो होला त्यो वनाउने इटा ले चती दरबार बन्थे होला?? 1930 मा राणा हरु लाई टुकुचा खोलाको जग्गा कीन चाहीयो होला र ??

त्यो बिशाल टुकुचा अर्थात कुनै समय इक्षुमती नामले परिचित काठमाडौंको बुढानिलकण्ठबाट सुरु भई बाँसबारी, चन्डोल, नारायणहिटी, कमलादी, प्रदर्शनिमार्ग हुँदै थापाथली आइपुगेर बागमतीतर्फ बग्ने टुकुचा खोला उपत्यकाको ठूलो खोलाको रुपमा चिनिन्थ्यो । यसको लम्बाई ६.४ किलोमिटर रहेको सर्वेक्षणले देखाएको छ । बागमती नदीको सहायक नदीको रुपमा रहेको टुकुचा किनारमा रहेका महत्त्वपूर्ण धार्मिक स्थलहरूमा भाटभटेनी मन्दिर, टुँडालदेवी र नील सरस्वती रहेका हुन्। सोधाहिटी ( तिनधारा ) पाकशालाबाट कमल पोखरी जाने बाटोमा पासिको आजिमाको शक्तिपिठ छ।

त्यो बेला टुकुचा मा बाढी आउदा खुल्ला खेतमा छोडिने नारायणहिटि दरबारको मलमुत्र मिसिएको पानीले पासिको यी धार्मिक स्थल हरु आजिमाको शक्ति पिठ समेत बेलाबेलामा डुब्ने गरेकोले स्थानिय किसानहरु र भक्तजन हरुले राजा कहाँ बिन्ती ( गुनासो) चढाएका थिए रे ।तेसपछी दरबारले गौरिधारा क्षेत्रदेखि कमलपिखरी चोकसम्म टुखुचा ( इच्छुमती ) खोला लाई सुरुङ बनाएर छोपिदिएको हो।

स्रोत: पासिको अजिमा शक्तिपिठ मा यसको कारण खोज्दा यही ईतीहास भेटीयो।

त्यस बेलाको धार्मिक स्थल मा कुनै असर नपुगोस भनेर गरीएको सम्भवत विश्वको नै उतम विकास नमुना थियो टुकुचा भुमीगत गर्ने आयोजना ।

तर हाल खोलाको चौडाइ घटेको मात्र होईन्, काठमाडौं प्लाजादेखि जयनेपाल हलसम्मको करिब पाँच सय मिटर टुकुचा खोला नापी नक्साबाटै गायब बनाई खोला बग्ने ठाउँ ६० भन्दा धेरै कित्तामा विभाजन गरी व्यक्तिका नाममा दर्ता गरिएको देख्न सकिन्छ । टुकुचा खोलाको चौडाइ विभिन्न ठाउँमा दुईदेखि १० मिटरसम्म कायम रहेको आधार अनुसार मिचिएको स्थानमा सरदर कम्तीमा चार मिटर चौडाइलाई आधार मान्दा झन्डै १० रोपनी जग्गा व्यक्तिको नाममा दर्ता भएको छ ।

टुकुचा खोला गायब भएको स्थान हात्तिसार क्षेत्रको नापी बि सं २०३३ सालमा भएको थियो । सो समय नापी गर्ने अधिकृत राजेन्द्रप्रसाद मराठाको समयमा नै टुकुचा खोला गायब पारिएको अवस्थाको नापी गरिएको देखिन्छ । यस अघि बि सं २०२२ सालको नापी नक्सामा भने टुकुचाको अस्तित्व देखिन्छ। निरन्तर बगिरहेको खोला गायब हुँदा सम्बन्धित कुनै पनि निकायबाट स्पष्ट रुपमा खोज्ने काम भएन र पुरिएको खोला पुर्ववत रुपमा बाहिर ल्याउनु सट्टा यस क्षेत्रमा ब्यापारिक भवन निर्माणको स्विकृती दिईदै गइयो ।

टुकुचा खोला नजिक संरचना निर्माण गर्दा सिमानाबाट ४ मिटर छोड्नु पर्ने नियम भएपनि खोलामाथी नै ब्यापारिक घरानाका भवन निर्माण हुन लागेपछि हात्तिसार उपभोक्ता समितिले सो निमाण रोक्का गर्न निवेदन पनि दिएको थियो तर संरचना भत्काउने त परैको कुरा, निर्माण रोक्का गर्ने तथा स्पष्टिकरण नि सोध्न सक्ने हिम्मत सरोकारवालहरु को देखिएन र अन्तत: खोलामाथी संरचना निर्माण हुने क्रम यथावत नै रह्यो ।

आज केही नेताका भतुवा जुठेहरु कतीले राजालाई दोस देखाउदै थिए तर सत्य समचार बोल्ने कुनै भेटीयन आज समाचार हल्लाको पछी मात्र लागेर लेख्ने गरीयो ।