कण्डमको लत : ‘नसा’ प्राप्त गर्ने अनौठो काइदा, स्वास्थ्यमा यस्ता छन् बेफाइदा

जागृति खबर संवाददाता

काठमाडौं ।

सामान्यतय कुनै पनि ठाउँमा कण्डमको माग बढ्नुलाई मानिसहरु यौनजन्य रोग, अनावश्यक गर्भ आदिको बारेमा बढि सचेत हुन थालेछन् भनेर लिन सकिन्छ । यद्यपी भारतको पश्चिम बेङ्गोलको हकमा भने यो लागु हुँदैन ।

‘टाइम्स अफ इण्डिया’ को एक रिपोर्टअनुसार पछिल्लो समय पश्चिम बेङ्गोलको दुर्गापुरमा कण्डमको माग अत्याधिक बढेको छ तर उक्त कण्डम गर्भनिरोधकको रुपमा प्रयोग नभई लागु औषध जसरी प्रयोग भइरहेको छ । मिडिया रिपोर्टका अनुसार उक्त प्रायोजनका लागि कण्डम किन्नेहरु अधिकांश विद्यार्थी रहेका छन् ।

‘पहिला दिनको ३–४ गोटा कण्डम बिक्री हुन्थ्यो अहिले कैंयौं प्याकेट बिक्री हुन्छ’, दुर्गापुरका एक व्यपारीलाई उदृत गर्दै टिओआईले लेखेको छ । दुर्गापुरका दुर्गापुर सिटी सेन्टर, विधाननगर, बेनाचिती , मुचिपारा, सी जोन, ए जोनलगायतका क्षेत्रमा ‘फ्लेभर्ड’ (बास्नायुक्त) कण्डमको माग ह्वात्तै बढेको हो ।

कण्डमलाई तातो पानीमा लामो समयसम्म भिजाउँदा यसका ‘अर्ग्यानिक मोलिक्युल ब्रेक’ भई ‘अल्कोहोलिक कम्पाउन्ड’ बन्ने हुँदा सो पानी पिएमा मानिसलाई नसा लाग्ने जानाकारहरु बताउँछन् । कण्डमलाई सुगन्धित बनाउन प्रयोग गरिने पदार्थले गर्दा त्यस्तो नसा लाग्ने बताइन्छ । उक्त फ्लेभर र डेनड्राइडको मादक तत्व एउटै हो ।

स्वास्थ्यमा कस्तो असर गर्छ ?

नियमित रूपमा यसको प्रयोग गर्नाले छाती दुख्ने, काँप्ने, चिसो लाग्ने, ज्वरो आउने र टाउको दुख्ने जस्ता विभिन्न जटिलताहरू देखा पर्न सक्छन् । यसबाहेक यसले मानसिक स्वास्थ्यमा ठूलो समस्या पार्न सक्ने चिकित्सकहरु बताउँछन् ।

महिलाहरूले यी कुराहरूलाई बेवास्ता गर्नु हुँदैन
सामुद्रिक शास्त्रका अनुसार महिलाको दाहिने आँखा लगातार फरफराउनु लामो रोगको संकेत हो । एकै समयमा, महिलाको नाभि फर्फराउनुले केहि ठूलो क्षतिको संकेत गर्दछ। यदि कम्मरको दाहिने तर्फ धड्कन महसुस भएको छ भने, यो कुनै ठूलो समस्या आउने संकेत हो।

यस बाहेक महिलाको दाहिने कुहिनो फरफराउँदा यसले कसैसँग झगडा वा झगडा भएको संकेत गर्छ । पार्टनरसँग झगडा हुन सक्छ वा अफिसका सहकर्मीहरूसँगको सम्बन्ध बिग्रन सक्छ। तसर्थ, जब पनि महिलाको दाहिने खुट्टा चर्को हुन थाल्छ, उनी विशेष गरी सावधान हुनुपर्छ।

पुरुष कहिले सचेत हुनुपर्छ?
समुद्र शास्त्रमा पुरुषको दुवै काँध फुक्नु अशुभ मानिन्छ । यो तनाव, झगडा, विवाद वा कलह को संकेत हो। जब कुनै व्यक्तिको घाँटी बायाँ तिर घुम्छ, यो धनको बर्बादीको संकेत हो। त्यसैगरी, हत्केलाको चालले व्यक्तिलाई समस्यामा रहेको संकेत गर्छ।