Dengue को सहि उच्चारण के हो?

जागृति खबर संवाददाता

प्रश्न #१ Dengue को सहि उच्चारण के हो?- American डेङ्गे, British डेङ्गी, Indian (south) डेंगु

प्रश्न #२ Dengue सार्ने लामखुट्टे फोहोर पानीमा बस्दैन?- निरन्तर बग्ने पानीमा लामखुट्टेलाई फैलन गार्हो पर्छ। प्राय कम्तिमा ५-७ दिन पानी थिग्रिनु पर्छ। नालीको पानीमा पनि यो लामखुट्टे फैलन्छ। अतिनै बाक्लो, धमिलो आहाल परेको पानीमा यो (अहिलेसम्म) फैलिएको पाइएको छैन। पानी प्रसस्त पाउने ठाउं (KTM Valley बाहिर) नालीको पानीमा फैलने सम्भावना धेरै छ।

प्रश्न #३ यो लामखुट्टे तीन फिट माथि जाँदैन?- एकै पटक ठुलो height मा यो लामखुट्टे नउड्ला तर पटक पटक गरेर माथिको तलामा पनि यो लामखुट्टे पुग्छ।

प्रश्न #४ मेवाको पातको रस वा मेवाको पातबाट बनाएको औषधिले dengue हुँदा घट्ने platelet को संख्या बढाउँछ?- भारतमा एउटा natural औषधि बनाउने company ले आफ्नो product बिकाउन फैलाएको हल्ला मात्र हो। Dengue हुँदा जुन मात्रामा platelet घटेको हुन्छ र त्यसको मात्रा बढाउँन कुनै एक कुरा खाएर बढ्दैन। यस्तो बेलामा platelet पूर्ति गर्नु पर्यो भने platelet नै चाहिन्छ।

डेंगुको लक्षणहरू
डेंगुको लक्षण संक्रमण भएको ४ वा ६ दिनपछि देखिन्छ ।
१. उच्च ज्वरो आउनु २. टाउको दुख्नु ३. आँखा दुख्नु ४. मांसपेशी र जोर्नी दुख्नु ५. थकाई लग्नु ६. वाकवाकी लाग्नु वा वान्ता हुनु ७. छालामा रातो दागहरू देखा पर्नु यद्यपि, गम्भीर अवस्थाहरूमा DHF (डेंगु हेमोरेजिक ज्वरो) को जोखिम बढ्ने गर्दछ। यस्तो अवस्थामा रक्तनलीमा क्षति पुग्ने र शरिरबाट प्लेटलेट्स कम हुँदै जान्छ। यस्तो अवस्थामा निम्न लक्षणहरू देख्न सकिन्छ:
१. पेट दुख्ने २. बारम्बार वान्ता आउने ३. गिजा वा नाकबाट रगत बग्ने ४. सास फेर्न गाह्रो हुनु ५. थकित महसुस हुनु ६. चिडचिडापन हुनु

डेंगु ज्वरो को उपचार
डेंगुको कुनै खास औषधि वा सही उपचार उपलब्ध छैन। यसमा केही घरेलु उपचार निकै प्रभावकारी हुन सक्छन् । यस्तो अवस्थामा बढीभन्दा बढी पानी पिउनुपर्छ। अत्यन्तै गम्भीर अवस्थामा, रोगीलाई इलेक्ट्रोलाइट सप्लीमेंट दिनुपर्छ। केही अवस्थामा, ब्लड प्रेसर मोनिटरिंग र ब्लड ट्रांस्फ्यूजनमार्फत पनि उपचार गरिन्छ। डेंगु भएको बेला कहिले पनि आफै एस्पिरिन वा इबुप्रोफेन जस्ता औषधिहरू सेवन नगर्नुहोस्।

डेंगु ज्वरोको रोकथाम
१.बिहान, दिउँसो, राती जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने २.पूरै शरिर ढाक्ने लुगा लगाउने । ३.साँझ हुनुभन्दा पहिले घरको झ्याल र ढोका बन्द गर्ने । ४.पानी जम्मा गरेर नराख्ने। ५.बाहिरी चराहरू वा घरपालुवा जनावरहरूको पानी नियमित रूपमा परिवर्तन गर्ने। ६.घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।