खुशीको खबर घटेर पेट्रोलियम पदार्थको मूल्य, यस्तो छ घटेको भाउ !

जागृति खबर संवाददाता

३१ भदौ, काठमाडौं ।

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट आज मूल्य घटेर आएको हो । नेपाल आयल निगमलाई आईओसीले घटेको मूल्यसूची पठाएको छ । आजबाट लागू गरी पठाइएको नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ६.५५ रूपैया घटेको छ । निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर ८ रूपैयाँ फाइदा हुने भएको हो । भने डिजेलको प्रतिलिटर ४४ पैसा घटेर आएको हो ।

हाल निगमले पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ र डिजेल १७८ प्रतिलिटर बिक्री गरिरहेको छ । हाल भारतबाट पेट्रोलको मूल्य घटेर आएपनि निगमले घाटा भएकोले तत्काल मूल्य घट्ने अवस्था नभएको निगम स्रोत बताउँछ ।

नेपाल लाइफले प्रस्ताव गर्‍यो १५.७९ प्रतिशत लाभांश, यो वर्ष नगद लाभांश मात्रै
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अघिल्लो आर्थिक वर्ष ०७७/७८ को लागि कुल १५ दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव सार्वजनिक गरेको छ । कम्पनीको भदौ ३० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १५ दशमलव ७९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कुल नगद लाभांशमध्ये शून्य दशमलव ७९ प्रतिशत कर प्रयोजनका लागि रहेको समेत कम्पनीले प्रष्ट पारेको छ ।

हाल कम्पनीको चुक्तापूँजी रू. ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. १ अर्ब २९ करोड ५९ लाख ९४ हजार बराबरको लाभांश कम्पनीले वितरण गर्ने निर्णय गरेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश बीमा समितिले स्वीकृत गरेपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

यस वर्ष कम्पनीले गत वर्षभन्दा बढी लाभांश वितरण गर्न लागेको हो । गत वर्ष आर्थिक वर्ष ०७६÷७७ को मुनाफाबाट कम्पनीले १४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।