यी हुन् सन्दीपसँग रात बिताएको १ महिना नबित्दै गम्भिर आरोप लगाउने स्याग्जाकी युवती

जागृति खबर संवाददाता

३१ भदौ, काठमाडौं ।

जसले त्यो रात सन्दीपको जबरजस्तिमा नभई आँफैले सन्दीपलाई फकाएर लगेर ह ोटल भित्र आँफैले चुकुल लगाएर बेडरुममा लगेको भिडियो नै बाहिरियो, भिडियोमा सन्दिप अघि अघि छन् भने ती युवतीले ढोका लगाएर पछि सन्दीप बसेको बेडमा गएको देखिन्छ । हेर्नुहोस् भिडियो

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध ज बर्ज स्ती कर णीको मुद्दा परेको छ । उहाँमाथि एक किशोरीले जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीमा जाहेरी दिएकी हुन् । पीडित किशोरका तर्फबाट क्रिकेटर लामिछानेविरुद्ध मंगलबार काठमाडौं प्रहरी परिसरमा जाहेरी परेको जानकारी दिइएको छ ।

लामिछाने केन्याविरुद्ध पाँच खेलको टी–२० सिरिज खेलेर उतैबाट क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिज गएका हुन् । केन्याविरुद्ध तीन खेलको एकदिवसीय सिरिजमा भने लामिछानेको स्थानमा रोहित पौडेलले नेपालको कप्तानी गरेका हुन्। नेपालले केन्याविरुद्ध टी–२० सिरिज ३–२ ले जितेको छ ।

एकदिवसीयमा भने नेपालले ‘क्लिन स्वीप’ गरेको थियो । नेपाली टोली आजै (बुधबार) स्वदेश फर्कदैछ । लामिछानेको नेतृत्वमा नेपाली टोली केन्याविरुद्ध सिरिज खेल्न भदौ ६ गते केन्या प्रस्थान गरेको थियो । त्यसैको अघिल्लो दिन भदौ ५ गरेको रात लामिछानेले आफूमाथि ज बर्ज स्ती कर णी गरेको जाहेरी किशोरीले दिएको काठमाडौं प्रहरी परिसरले जानकारी गरायो ।

प्रहरीले उजुरीमाथि अनुसन्धान प्रक्रिया अगाडि बढाई सकेको छ । प्रहरीका अनुसार ती किशोरीले उजुरीमा आफूले स्न्याप च्याटमार्फत प्रशंसकका रूपमा लामिछानेसँग कुराकानी गर्ने गरेको बताएकी छिन् ।

त्यहाँबाट आफूलाई भेट्न बोलाएर भदौ ५ गते नगरकोट घुमाउन लगेको कुरा उजुरीमा उल्लेख छ । किशोरीका अनुसार लामिछानेले नगरकोटबाट त्यही रात फर्किएर काठमाडौं गौशला नजिक एक होटलमा लगेर उनलाई ज बर्ज स्ती कर णी गरेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डूले बुधवार प्रकाशित गरेको विज्ञप्तिमा “प्रहरी वृत्त गौशालामा त्यस्तो जाहेरी परेको र त्यसपछि उक्त घटनाबारे अनुसन्धान भइरहेको” जनाइएको छ। लामिछाने पहिलो पटक सन् २०१९ मा क्यारिबीअन प्रीमिअर लीग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका थिए।

उनले भारत, क्यारिबीअन, अस्ट्रेलिया, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्। लामिछाने अहिले लीग क्रिकेट खेल्न विदेशमा छन्। उनलाई प्रतिभाशाली लेग स्पिनर मानिन्छ।

शान्ति समाजले १५ स्रष्टालाई नगद पुरस्कारसहित सम्मान गर्ने
मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा १५ जना स्रष्टालाई सम्मानित गर्ने निर्णय गरेको छ ।

वर्ष २०७९ सालको कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान–धीरेन्द्र प्रेमर्षी (सिरहा), ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान–गोपाल अश्क (गोपालप्रसाद सर्राफ, पर्सा), चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान प्रा डा नारायणप्रसाद खनाल (बागलुङ), महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान–हरिबहादुर थापा (काभ्रेपलाञ्चोक), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान–गोविन्दप्रसाद घिमिरे ‘वेदमणि’ (काठमाडौँ), पवित्रादेवी चौलागाईं मानव अधिकार स्रष्टा सम्मान–त्रिभुवनचन्द्र वाग्ले, (तनहुँ), राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान–सीमा आभास (ओखलढुङ्गा) लाई प्रदान गर्ने निर्णय गरिएको सभापति गोविन्द खनालले राससलाई जानकारी दिनुभयो ।

यसैगरी पद्मप्रसाद दाहाल स्रष्टा सौगात–अशोक थारु (दाङ), राधादेवी दाहाल स्रष्टा सौगात–उषा हमाल (सल्यान), गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात–शशिकला मानन्धर (काठमाडाँै), भूमिप्रसाद बराल स्रष्टा सौगात–गणेशकुमार राई (ओखलढुङ्गा), जनककुमारी रेग्मी स्रष्टा सौगात–गङ्गा कर्माचार्य पौडेल (स्याङ्जा), जोगमाया बराल स्रष्टा सौगात–हेमन्ती जोशी (डोटी), श्रीप्रसाद दाहाल स्रष्टा सौगात फूलकुमारी थापा मगर (तनहुँ), नारायण दाहाल स्रष्टा सौगात–मनमाया विश्वकर्मा (भोजपुर) लार्ई प्रदान गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।

सातै प्रदेशबाट सात जना महिलासहित पुरस्कृत स्रष्टाले मानव अधिकार, लोकतन्त्र, शान्ति र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुभएको छ । उहाँहरुको संस्कृत, मैथिली, भोजपुरी, थारु, नेवारी, बाम्बुले राई र मगर भाषाको प्रवद्र्धनमा उल्लेखनीय योगदान गर्नुभएको छ ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको सेरोफेरोमा कार्यक्रम आयोजना गरी रु २० हजार पुरस्कार राशिसहित पुरस्कृत स्रष्टाहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको जनाइएको छ । एक दशकअघिदेखि मासिक शान्ति काव्य प्रवाह आयोजना गर्दै आएको शान्ति समाजले साहित्यको आराधना र स्रष्टा सम्मानलाई विशेष अभियानका रुपमा अघि बढाउँदै आएको छ ।