चुनाबको मुखैमा प्रचण्डलाई नमिठो धक्का , प्रचण्डका कमाण्डर आए एमालेमा

जागृति खबर संवाददाता

३० भदौ, काठमाडौं ।

पछिल्लो समय अन्य राजनितिक दल छाडि नेकपा एमालेमा प्रबेश गर्ने नेता कार्यकर्तामा उल्लेखनिय बृद्दि आएको छ । चुनाबमा एक्लै उत्रने तयारिमा रहेको एमालेले यसरि कार्यकर्ता भित्राउँदा अन्य दलका निम्ति भने यो टाउको दुखाईको बिषउ बन्ने प्रष्ट देखिन्छ ।

यसै क्रममा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखैमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धक्का लाग्ने गरी सो पार्टीका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजीत) नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रीय सदस्य परियार हाल चितवन जिल्ला सहइन्चार्ज छन् ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार बिहीबार एमाले केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रममा एमाले प्रवेश गरेका हुन् । परियार पाँच पटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् ।

परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमाण्डर अन्जन तिमल्सिनालगायत नवप्रवेशीलाई अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डेलगायतका नेताहरुले स्वागत गरेका थिए ।

माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र माडीबाटै राजनीति गरेका परियारको एमाले प्रवेशलाई सो पार्टीका नेताहरुले ठूलो उपलब्धिका रुपमा व्याख्या गरेका छन् । सोही कार्यक्रममा चितवनकै कालिका नगरपालिका कमिटीका उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

एमाले प्रवेश गर्दै परियारले आफू चौथो महाधिवेशनदेखि विभिन्न कालखण्डमा माओवादी जनयुद्धमा होमिएको भन्दै कुनै न कुनै रुपमा सधैं महत्वपूर्ण भूमिकामा रहेर काम गरेको बताए ।

संविधान जोगाउन गठबन्धन सरकार बनेको हो : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधान जोगाउन गठबन्धन सरकार बनेको बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित सरोकारवाला निकायसँगको सार्वजनिक सुनुवाइ कार्यक्रममा उहाँले तत्कालीन (नेकपा) सरकारले नेपालको संविधान, भावना र मर्मअनुसार काम नगरी दुई पटकसम्म संसद् भङ्ग गरेकाले संविधान जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताउनुभएको हो ।

“गठबन्धनको सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ, आगामी निर्वाचनमा देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने पार्टीलाई विजयी गराउनुपर्छ”, नेता सिंहले भन्नुभयो । तत्कालीन (नेकपा)को सरकारले सङ्घीय कानुन समयमा नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेको उहाँको भनाइ थियो ।

बागमती नदी किनारका अव्यवस्थित बस्तीको दीर्घकालीन समस्या समाधानका गर्न आफू लागिपरेको चर्चा गर्दै नेता सिंहले काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा सरोकारवाला निकायका पदाधिकारीले खानेपानीसम्बन्धी समस्या समाधान गर्न माग गरेका थिए । उनीहरू ढल र फोहरको व्यवस्थापन राम्रोसँग हुन नसकेकामा आक्रोशित भएका थिए ।