यस्तो छ आजको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ खरिद–बिक्री?

जागृति खबर संवाददाता

२९ भदौ, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले बुधबारको विनिमय दर सार्वजनिक गरेको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १२६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १२६ रुपैयाँ ९४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२८ रुपैयाँ ५९ पैसा र बिक्रीमा १२९ रुपैयाँ २० पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १४८ रुपैयाँ २० पैसा र बिक्रीदर १४८ रुपैयाँ ९० पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८७ रुपैयाँ ३५ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७७ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ ५२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ९८ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७४ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ४० पैसा र बिक्रीमा ३४ रुपैयाँ ५६ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २८ रुपैयाँ ३ पैसा र बिक्रीमा २८ रुपैयाँ १६ पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४१० रुपैयाँ ३५ पैसा र बिक्रीमा ४१२ रुपैयाँ ३० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३५ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३६ रुपैयाँ ७३ पैसा तोकिएको छ।

नदीजन्य पदार्थ चोरी निकासी बढ्यो
कपिलवस्तुको शिवराज नगरपालिकाको सुरही खोलाबाट नदीजन्य पदार्थको चोरी निकासी बढेको छ । नदीजन्य पदार्थ उत्खनन् गरी तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।

सुरही खोलाको हल्लानगर, हरहट्टी, बिसुनपुर, लक्ष्मणघाटलगायत नाकाबाट नदीजन्य पदार्थको चोरी निकासी हुने गरेको पाइएको छ । सुरही खोलाबाट केही व्यक्तिले नदीजन्य पदार्थ चोरी गरिरहँदा पनि स्थानीय जनप्रतिनिधि मुकदर्शक बनेका छन् । प्रहरी प्रशासनकै मिलेमतोमा यस्तो काम हुने गरेको स्थानीय रामप्रकाश थापाको आरोप छ ।

चोरी निकासी हुँदा करोडौँ रुपैयाँको राजश्व गुमिरहेको छ । हरेक वर्ष असारदेखि भदौसम्म खोलाबाट नदीजन्य पदार्थ उत्खनन्को व्यवस्था छ । अन्य समयमा स्थानीय तहले ठेक्कामार्फत तथा आवश्यक राजश्व बुझाएर मात्रै उत्खनन र निकासी गर्न पाइने प्रावधान छ । रातको समयमा नदीजन्य पदार्थ उत्खनन र चोरी निकासी हुँदा राजश्व गुमिरहेको छ भने अर्कोतिर अव्यवस्थित उत्खननले जोखिम बढाएको छ ।

वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरीक्षक कपिलजङ्ग शाहीले बालुवा तस्करी गर्नेलाई कानुनी कारवाही गरिने बताउनुभयो ।