अमिलो डकार आउँदा ‘ग्यास्ट्रिक’ मात्रै होइन अर्कै यस्तो रोग पनि भएको हुन’सक्छ !

जागृति खबर संवाददाता

काठमाडौं ।

मुख’बाट अमिलो पानी वा डकार आउने सम’स्या हामी धेरैमा हुन सक्छ। हाम्रो सन्दर्भमा यो समस्या आम बनिसकेको छ। प्राय: खाना खाए’पछि मानिस’लाई डकार आउने गर्छ । पेटमा भएको हावा बाहिर निस्कनेक्रममा पेटबाट अमिलो डकार निस्कने गर्छ । यस्तो स’मस्या देखिना’साथ हामी ‘ग्यास्ट्रिक’ भयो भन्छौं ।

केही चिज खाए’पछि अमिलो डकार, अमिलो पानी आउने या छातिको बीचतिर दुख्ने, छाति पोल्ने, सुक्खा खोकी लागि’रहने लगायतका लक्षण मह’सुश गर्नुभएको छ ? यसो भनिरहँदा पेटका हरेक समस्या ‘ग्यास्ट्रिक’ मात्र हुँदैन । विशेष गरी पल्टे’पछि वा सुतेपछि अथवा बिहानी’पख यस्ता समस्या बढ्ने गरेको छ भने तपाईलाई ‘ग्यास्ट्रो एसो’फेगल रिफ्लक्स’ रोग भएको हुन’सक्छ।

सामान्यतया आमा’शय (पेट) ले एसि’ड निकाल्छ। जुन पाचन’मा र किटाणुबाट बच्न प्रयोगमा हुन्छ। यो एसिडको मात्रा धेरै हुँदा कसैको खानानली र पेटलाई जोड्ने भाग खुकुलो भएर आउँछ । जसले गर्दा पेटमा रहने एसिडमाथि छातिमा र घाँटीमा आउन थाल्छ। जसलाई हामी ग्यास्ट्रो एसोफेगल रिफ्लक्स रोग पनि भन्दछौं।

यो स’मस्या बिशेष गरी युवा वर्ग, महिला, मोटो ब्यक्ति,मानसिक तथा शारी’रिक थकान बढी हुने किसिमका काम गर्ने व्यक्तिहरुमा यो समस्या देखिन्छ । खान’पिनको ख्याल नराख्ने, समयमा खाना खाजा नखाने, घर बाहिर बढी खाजा र खाना खाने ब्यक्ति’हरुमा यो समस्या बढि हुन्छ।

रिफ्लक्सका अधि’कांश बिरामी ‘ग्यास्ट्रिक’ भन्दै उपचार गराइरहेको पाइन्छ। सम’स्याको सही पहिचान समयमा नहुँदा मानिस पनि ग्यास्ट्रिककै औषधि लामो समय’सम्म खाइरहेका हुन्छन् । औ’षधि खाँदा हल्का निको भएको अनुभव पनि हुन्छ।

कति बिरामी त औष’धि खाँदा ठीक तर औष’धि छोड्न साथ गाह्रो महसुस हुन्छ । यो रोग’बाट बच्नका लागि धेरै पानी बढी पिउने, हरियो साग सब्जी, तरकारी खाने, गिलो गरेर दाल भात खाने, खाजा राम्रो खाने गनुपर्दछ । त्यसैगरी, खाली पेट बस्दै नबस्ने तर खान पायो भ’न्दैमा धेरै टन्नै पनि नखाने। खाना खान साथ नपल्टने। खाना खा’एको २ घण्टा पछि मात्र सुत्ने गर्नुपर्दछ ।