मलेसियन रिंग्गेट देखि साउदी रियालसम्मको भाउ उच ?अन्य विदेशी मुद्राको विनिमयदर कति होला ?

जागृति खबर संवाददाता

२५ भदौ, काठमाडौं ।

शुक्रबार अमेरिकी डलर एकको खरिदमा १२७ रुपैयाँ २४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ८४ पैसा, युरोपियन युरो एकको खरिददर १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९४ पैसा र अष्ट्रेलियन डलर एकको खरिदमूल्य ८५ रुपैयाँ ७७ पैसा र बिक्रीमूल्य ८६ रुपैयाँ १८ पैसा रहेको छ ।

त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ९७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४३ पैसा, सिङ्गापुरे डलर एकको खरिदमा ९० रुपैयाँ ५८ पैसा र बिक्रीमा ९१ रुपैयाँ ०१ पैसा, जापानी येन १० को खरिदमा ८ रुपैयाँ ८५ पैसा र बिक्रीमा ८ रुपैयाँ ९० पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३८ पैसा रहेको छ ।

यसैगरी साउदी अरेवियन रियाल एकको खरिददर ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ ०१ पैसा, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा, युएई दिरहम एकको खरिदमूल्य ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ८० पैसा, साउथ कोरियन वन १०० को खरिदमा ९ रुपैयाँ २१ पैसा र बिक्रीमा ९ रुपैयाँ २५ पैसा र मलेसियन रिंग्गेट एकको खरिदमूल्य २८ रुपैयाँ २७ पैसा र बिक्रीमूल्य २८ रुपैयाँ ४० पैसा रहेको छ ।

विस्तृतमा हेर्नुस्

विपीको विदेश नीति सन्तुलित भएकामा चर्चा
सय नवौँँ विपी जयन्तीका अबसरमा नेपाल लेखक सङ्घ कास्की शाखाद्वारा पोखरामा आयोजित ‘कूटनीति र विदेश मामिलामा विपी’ विषयक विचार गोष्ठीमा विपीको विदेश नीति सन्तुलित भएकामा जोड दिइएको छ ।

विपीले अघि सार्नुभएको विचार वर्तमान समयमा पनि उत्तिकै सान्दर्भिक र अनुकरणीय भएकमा चर्चा गर्दै कार्यक्रमका वक्ताले विदेश नीतिमा सन्तुलन, दूरदर्शिता आदिले उहाँको महानतालाई दर्शाउने बताउनुभयो ।

प्रस्तुत विषयमा कार्यपत्र प्रस्तुत गर्दै सह–प्राध्यापक भीमनाथ बरालले विपीबाहेक कुनै पनि नेतृत्वले विदेश नीति निर्माण र कार्यान्वयनमा सन्तुलन कायम गर्न नसकेको चर्चा गर्नुुभयो । विपीपछि नेपालका नेतृत्वले छिमेकी देश र अन्तर्राष्ट्रिय समुदायमा नेपालको हस्तक्षेपकारी उपस्थिति र प्रस्ट धारणा बनाउन नसक्दा विदेश नीति कमजोर बन्दै गएको उहाँले बताउनुभयो ।

अन्तर्राष्ट्रियस्तरका छिमेकी ठूला राष्ट्रका नेहरू, चाउएन, माओलगायत नेतासँग स्पष्ट अडान राख्न सक्ने विपीको व्यक्तित्व नेपालजस्तो सानो मुलुकका लागि असाधारण विषय रहेको सहप्राध्यापक बरालले उल्लेख गर्नुभयो ।

आन्दोलन, निर्वासनका साथै सत्तामा रहँदा पनि विपीले नेपालको विदेश नीतिलाई हस्तक्षेपकारी ढङ्गबाट अघि बढाएको उहाँले बताउनुभयो । सहप्राध्यापक पद्यशरण रेग्मीले विपीको व्यक्तित्वले समकालीन राजनीतिमा नेपालको उचाइ बढाएको बताउनुभयो । उहाँँले राजनीतिसँगै समाजका विभिन्न क्षेत्रमा विपीले विशिष्ट योगदान पु¥याउनुभएको थियो भन्नुभयो ।

विश्लेषक विश्व सिग्देलले विपीका राजनीतिक गतिविधिलाई सम्पूर्ण नेपालीले अनुशरण गर्नुपर्नेमा बेवास्ता गरिएकामा दुःख व्यक्त गर्नुभयो । विपी र उहाँका समकालीन साहित्यकारले लेखेका कृतिहरूको ओज आजका लेखकहरूले कायम गर्न नसकेको उल्लेख गर्दै उहाँले लेखकहरूले साधना र स्तरलाई ध्यान दिनुपर्ने धारणा व्यक्तगर्नुभयोे ।

नेपाली कांग्रेस जिल्ला सभापति किशोरदत्त बराल, कांग्रेस नेत्री सरस्वती गुरुङ, नेपाली लेखक सङ्घका जिल्लाअध्यक्ष सञ्जीव पौडेल, उपाध्यक्ष रीता अधिकारी, सचिव कमल पौडेल ‘अथक’ लगायतले विपीका विचारसँगै उहाँको वैदेशिक नीतिलाई अवलम्बन गर्न नसक्दा नेपालको अन्तर्राष्ट्रियस्तरमा उपस्थिति कमजोर बन्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।