नेटा भीको चाँडबाड अफर सार्वजनिक, ७ लाख ६० हजार रुपैयाँमै गाडी खरिद गर्न पाईने

जागृति खबर संवाददाता

२२ भाद्र, काठमाडौं ।

नेपाली बजारमा हालसालै पाइला टेकेको नेटा भीले दशैं र तिहारलाई लक्षित गरि अफर सार्वजिन गरेको हो । नेटा भीको नेपालका लागि आधिकारिक वितरक सिजी मोटर्सले अफर ल्याएको हो ।

अफर अन्तर्गत ३ जना ग्राहकले नेटा भी खरिद गर्दा बम्पर उपहारको रुपमा ५५० लिटरको फ्रिज, जोडीलाई मेघौली यात्रा गर्ने मौका र ‘७५ इन्च फोर के उएचडी’ स्मार्ट टिभी पाउँनेछन् ।

बैंकले कर्जा दिन गाह्रो मानिरहेको बेला कम्पनीले ग्राहकहरुको लागि फाइनेन्सियल अफर पनि ल्यायको छ । जसअन्तर्गत गाडी खरिद गर्दा ग्राहकले डाउन पेमेन्टको रुपमा पहिलो चरणमा ७ लाख ६० हजार रुपैयाँ बुझाउनु पर्नेछ । त्यसपछि ग्राहकले सरल ब्याजदरमा मासिक रुपमा बाँकी रकम भुक्तानी गर्न सक्दछन् ।

यसका साथै, कम्पनीले करिब १ लाख ४० हजार रुपैयाँको गाडीको ६.६ किलोवाटको चार्जर, इन्सुरेन्स र कारसँग सम्बन्धित अन्य थुप्रै सामानहरु उपलब्ध गराउने छ ।

हाल नेपाली बजारमा नेटा भीको मूल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

गठबन्धनको कार्यदलले भोलि प्रतिवेदन बुझाउने
पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि आफूलाई प्राप्त कार्यादेश बिहीबार टुङ्ग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको थियो ।

बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा हालसम्म भएका सहमति र असहमतिसहितको प्रतिवेदन बिहीबार बिहान बैठक बसी शीर्ष नेतृत्वलाई बुझाउने राष्ट्रिय जनमोर्चाका सचिव हिमलाल पुरीले जानकारी दिनुभयो । सिट बाँडफाँटका सम्बन्धमा कार्यदल सहमति नजिक पुगेको उहाँले बताउनुभयो ।

दलहरुलाई प्राप्त मतअनुसार र केही राजनीतिक विषयलाई समेत मध्यनजर गरी सबैलाई सम्मानजनक र न्याय हुने गरी सिट बाँडफाँटको खाका बनाइएको छ । कार्यदलको बैठक बिहीबार बिहान ९ बजे पुनः बस्ने र आफ्नो जिम्मेवारी टुङ्ग्याउने सहमति भएको सचिव पुरीले जानकारी दिनुभयो ।

गठबन्धनमा आबद्ध दलहरुले आगामी आमनिर्वाचनमा चुनावी तालमेलको खाका बनाउन कार्यदल गठन गरेका थिए । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यदलमा कांग्रेसबाट महामन्त्री गगनकुमार थापा र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं पार्टीका नेता ज्ञानेन्द्रबहादुर कार्की, नेकपा (माओवादी केन्द्र) बाट महासचिव देव गुरुङ र उपमहासचिव वर्षमान पुन हुनुहुन्छ ।

यसैगरी नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालबाट नेताहरु रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट नेताहरु पुरी र आनन्द शर्मा कार्यदल सदस्य हुनुहुन्छ ।