क्यानडामा खुलेकी नायिका एलिजा गाैतम, हेर्नुस् हट तस्बिहरू

जागृति खबर संवाददाता

काठमाडौं ।

चर्चित पत्रकार ऋषी धमला पत्नी एलिजा गौतमको चर्चा पछिल्लो समय निकै छ । तीजको समयमा उनको डगी डान्सले त निकै तहल्का नै मच्चायो ।

उनी चलचित्र अनुरागबाट नेपाली फिल्ममा डेब्यु गरिन् । फैले निर्माण गरेको उक्त फिल्म चल्न सकेन तर एलिजको चर्चा भने निकै चल्यो ।

फिल्ममा जम्न नसकेपनि म्युजिक भिडियामा भने उनी निकै ब्यस्त छन् । त्यस्ते उनी पछिल्लो समय सामाजिक संजालमा निकै सक्रिय बनेकी छन् ।

पछिल्ला समय उनी निकै खुलेर फोटोशुट गरेकी छन् । उनका ती हट फोटोशुटले निके चर्चा पाइरहेका छन् । सन्तान जन्माएपछी पनि आफ्नो फ़िटनेसमा ध्यान राख्दै अभिनय र समाजसेवाको यात्रामा निरन्तर पाईला चालेकी उनको चर्चा बढीरहेको छ ।

पछिल्लो समय गर्मी बढेसँगै उनी झन हट बनेर प्रस्तुत भएकी छन । हाल उनी क्यानडामा छिन् । जहाँबाट उनले हट तस्बिरहरू सझा गरिरहन्छिन् ।

कुन समयमा गरिने व्यायाम उपयुक्त ? अध्ययनले देखायो यस्तो तथ्य
व्यायाम कुन समयमा गर्ने भनेर धेरैलाई कौतुहलता लाग्न सक्छ । प्रायः सबैले बिहानको समयमा व्यायाम गर्छन् । तर, एउटा अध्ययनलाई विश्वास गर्ने हो भने उचित नतिजाका लागि महिला र पुरुषको व्यायाम समय फरक हुनुपर्छ ।

अध्ययनअनुसार पुरुषका लागि बिहानभन्दा साँझको व्यायाम उपर्युक्त हुन्छ । यसअघिका अध्ययन विशेष गरी पुरुषमा केन्द्रित थिए । अध्ययनअनुसार बिहानको व्यायाममा महिलाले बढी बोसो पगाल्न सक्छन, जबकी पुरुषका लागि साँझ उत्तम हुन्छ । भिन्न हर्मोन र जैविक चक्र, सुत्ने र उठ्ने वृत्तमा भिन्नताका कारण यस्तो हुने अनुसन्धानकर्ताहरू बताउँछन् ।

न्युयोर्क राज्यको स्किडमोर कलेजका २५ देखि ५५ वर्ष उमेर समूहका ३० पुरुष र २६ महिलामा अध्ययन गरिएको थियो । सहभागीलाई दुई समुहमा विभाजन गरेर फिटनेस कार्यक्रममा १२ सातासम्म उनीहरुको शारीरिक प्रतिक्रियाको अनुगमन गरिएको थियो ।

दुई समूहमध्ये एउटाले बिहान साढे आठ बजेअघि र अर्को समूहले बेलुका ६ देखि ८ बजेसम्म आधा घन्टा व्यायाम गरेका थिए । दुवै समूहलाई विशेष तरिकाले डिजाइन गरिएको खानेकुरा दिइएको थियो ।

अनुसन्धानकर्ता १२ सातासम्म हरेकको रक्तचाप र बोसो जाँच गरेका थिए । साथै उनीहरूको शक्ति, लचकता र एरोबिक जाँच गरेका थिए । बिहान वा बेलुका जुनसुकै समयमा व्यायाम गरे पनि सहभागीको समग्र स्वस्थ्य राम्रो देखिएको थियो ।

अनुसन्धान समूहले बिहानको तुलनामा पुरुषहरूका लागि साँझको व्यायाम बढी प्रभावकारी भएको फेला पारेको थियो । त्यस्तै, महिलाहरूमा पेटको बोसो बढी हुने सम्भावना भएकाले बिहानको व्यायाममा उनीहरुले बढी बोसो पगाल्न सक्ने अध्ययनमा उल्लेख छ ।